धनुषा जिल्ला अदालतमा ढुंगामुढा, झडपमा ४ जना घाइते

Famous Nepal
Famous Nepal ५ असार २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडाैँ । जिल्ला अदालत धनुषामा मंगलबार दिउँसो ढुंगामुढा भएको छ । धनुषामा शंकास्पद मृत्यु भएकी आरती साहलाई न्यायको माग गर्दै प्रदर्शन गरिरहेका प्रदर्शनकारीले अदालतमा पनि ढुंगामुढा गरेका हुन् ।

प्रहरीले हत्यामा संलग्नलाई जोगाउन खोजेको भन्दै साहको माइती पक्षले अदालतबाहिर प्रदर्शन गरेका थिए । त्यसै क्रममा अदालतमा ढुंगामुढा भएको हो ।

प्रहरीले प्रदर्शनकारीलाई हटाउने क्रममा झडपसमेत भएको छ । झडपमा प्रहरीले लाठीचार्ज गर्दा ४ जना घाइते भएका छन् । प्रहरीले प्रदर्शनमा सहभागी गोविन्द साहलाई पक्राउ गरेको छ । प्रदर्शनकारीको ढुंगामुढाका कारण एक जना प्रहरी घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बताए ।

७ जेठको साँझ जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोककी २२ वर्षकी आरती साहको मृत्यु भएको थियो । माइती पक्षले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले प्रदर्शनमा सहभागीहरुमाथि कुटपिट गरेको माइती पक्षले आरोप लगाएका छन् ।

- Advertisement -
Ad image

उनीहरूले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, आरतीको मृत्युको घटनाको प्रहरीको केन्द्रीय अनुसन्धान व्यृरो (सीआईबी) ले अनुसन्धान गर्नुपर्नेसहितका ६ बुँदे माग राखेका छन् ।

आरतीको माइतीपक्षले जनधपुरधामममा जस्तै काठमाडौको माइती घरमा पनि प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array