कतारले विदेशी कामदारका लागि न्युनतम पारिश्रमिक तोक्दै

140 0

दोहा –कतार सरकारले श्रमसम्बन्धी नियममा परिमार्जन गरि कामदारका लागि न्यूनतम पारिश्रमिक तोक्ने तयारी गरेको छ। कतारमा सन् २०२२ मा विश्व कपको आयोजना हुँदैछ।

सो अन्तर्राष्ट्रिय इभेन्टका कारण कतार अन्तर्राष्ट्रिय चासोको विषय बनिरहेको बेला न्युनतम पारिश्रमिक तोक्ने तयारी भएको हो। कतारले श्रमिकहरूलाई दिने गरेको पारिश्रमिकको विषय अन्तर्राष्ट्रिय स्तरमा चर्चा बनेपछि पारिश्रमिक तोक्ने तयारी गरिएको हो।

अन्तर्राष्ट्रिय श्रम संगठनले कतार सरकारले विदेशी कामदारहरूको श्रम शोषण गरेको आरोप लगाएकोमा उक्त संगठनको बैठक हुनु अगाडी नै कतारले यस्तो घोषणा गरेको हो।

कतारले सन् २०१६ मा लागू गरेको श्रम ऐनको अन्त्य भएको घोषणा सँगसँगै अन्तर्राष्ट्रिय ट्रेड युनियनले कतारको उक्त घोषणाको स्वागत गरेको छ।
हाल कतारमा करिब २० लाखको संख्यामा विदेशी कामदारहरू कार्यरत छन्। कतारले अघिकांश कामदारहरू निर्माण क्षेत्रका लागि माग गर्ने गरेको छ। त्यसमध्ये अधिकांश कामदार एशियाबाट जाने गरेको अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्यांकले बताएको छ।

ट्रेड युनियनले विभिन्न प्रस्तावहरू जस्तै कतार छोड्न चाहने श्रमिकलाई कम्पनीले रोक्न नहुने, शुल्क निर्धारणमा कुनै भेदभाव गर्न नपाइने, श्रमिकको परिचयपत्र सरकारले बनाइदिनु पर्ने लगायतका विभिन्न मागहरूका साथ कतार सरकारको उक्त नियमको स्वागत गरेको हो।

नयाँ नियम कुन मितिदेखि कार्यन्वयन हुने भन्ने तय भइसकेको छैन।

प्रतिक्रिया

Related Post

नयाँ वर्षको पहिलो हप्ता गुगलमा के-के खोजियो ?

Posted by - January 10, 2018 0
सन् २०१७ मा गुगल सर्च इन्जिनमा सबैभन्दा धेरै सर्च गरिएका शव्दाबलीहरुको सूचि गुगलले यसअघि नै सार्वजनिक गरिसकेको छ । जस…

बिल गेट्सलाई पछि पार्दै अमेजनका जेफ बेजोस बने विश्वकै धनी

Posted by - November 2, 2017 0
वासिङ्टन- अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन्। यसअघि माइक्रोसफ्ट कम्पनी संस्थापक बिल गेट्सलाई…

भारतले ८३ हजार किलोमिटर सडक बनाउँदै

Posted by - October 30, 2017 0
कार्तिक ७, २०७४-भारतको केन्द्रीय सरकारले आफ्नो भूमिमा ८३ हजार किलोमिटरभन्दा लामो सडक/राजमार्ग बनाउने परियोजनालाई स्वीकृति प्रदान गरेको छ । उसले…

एक वर्षपछि थाई नरेशको अन्त्येष्टि

Posted by - October 30, 2017 0
कार्तिक ९, २०७४-गतवर्ष निधन भएका थाई नरेशको राजकीय सम्मानका साथ बिहीबार अन्त्येष्टि गरिएको छ । गतवर्ष अक्टोबरमा निधन भएका नरेश…

स्टिफन हकिङका १८ प्रेरक बचन, जसले जीवन बदल्न सहयोग गर्छ

Posted by - March 15, 2018 0
‘म मृत्युसँग डराउँदिन । तर मलाई मर्नका लागि हतार छैन । मेरोलागि गर्नुपर्ने धेरै काम बाँकी छ ।’ वर्तमान युगका…
%d bloggers like this: