धरानलाई हराउँदै तरहरा सिक्स ए साईडको अन्तिम चारमा प्रवेश

122 0

छिमेकी धरानलाई हराउँदै तरहरा मोरङको बयरबनमा जारी पूर्वाञ्चलस्तरीय फुटसल सिक्स ए साइड फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

कपमा युवा मिलन क्लव तरहरा विजयी भएकाे छ ।

धरान १३ लाई ५ का बिरुद्ध ८ गोल गर्दै युवा मिलन क्लब तरहरा अन्तिम चारमा स्थान पक्का बनाउन सफल भएको हो।

तरहराका लागि सुशील राई एक्लैले ४ गोल गरे। सुशीलले खेलको १८, २२, ४७, ४९ औं मिनेटमा गोल गरेका थिए। योगेश गुरूङले ८ र २८ औं मिनेटमा गोल गरे भने न्यूटन लाम्कादेले १८ औं र बुद्धिमान राईले २९ औं मिनेटमा गोल गरेका थिए।

धरान १३ का लागि सैलेन्द्र नेपालले ह्याट्रिक गरेका थिए। खेलको ४, ७ र ३८ औं मिनेटमा गोल गरेका थिए। थप गोल रबि फुँयालले ३६ र अशोक कटुवालले ४४ औं मिनेटमा गरेपनि हार बाट टार्न सकेनन्।

म्यान अफ द म्याच तरहराका ४ गोल गर्ने सुशील राई भए ।

१२ गते हुने पहिलो सेमिफाईनल खेल उर्लाबारी ट्रेनिङ सेन्टर उर्लाबारी र धरान फुटवल क्लव सुनसरीबिच हुनेछ।

बयरबन युवा जमातको आयोजनामा सुरू भएको खेल कात्तिक १५ सम्म संचालन हुनेछ।

जनता आधारभुत विद्यालय कानेपोखरी ४ बयरबनको खुल्ला खेल मैदानमा भइरहेको खेलको विजेताले नगद ५० हजार, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले ३० हजार, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन्।

प्रतिक्रिया

Related Post

सन्दीप बने आइपिएल खेल्ने पहिलो नेपाली

Posted by - January 28, 2018 0
काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा परेका छन् । नेपाली…

श्रीलंकाविरुद्ध पाकिस्तानको ७ विकेटले जीत

Posted by - October 30, 2017 0
कार्तिक १०, २०७४-वान डे क्रिकेटमा प्रभुत्व कायम राखेको पाकिस्तानले श्रीलंकाविरुद्ध बिहीबार रातिको पहिलो ट्वान्टी ट्वान्टीमा पनि ७ विकेटको सजिलो जीत…

क्रोएसिया विश्वकप नजिक – एएफपी, जाग्रेब

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-क्रोएसिया अर्को वर्ष रुसमा हुने विश्वकपमा छनोटको नजिक पुगेको छ । बिहीबार रातिको छनोट प्ले अफ पहिलो लेगमा…

आर्मी र पुलिस हाबी

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार सुरु ५० औं राष्ट्रिय कराँतेमा पहिलो दिन त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबका खेलाडीले…
%d bloggers like this: