नेपालको एसिया कप छनोटको सम्भावना लगभग समाप्त

90 0

काठमाडौँ । नेपाल एएफसी एसिया कप २०१९ छनोटअन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ । ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ३–० ले पराजित भएको हो । ताजाकिस्तानले तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो । यसअघि गत भदौ २० गते काठमाडौँमा भएको पहिलो खेलमा पनि नेपाल ताजकिस्तानसँग २–१ ले पराजित भएको थियो । हारसँगै नेपालको एसिया कपका लागि छनोट हुने सम्भावना लगभग सकिएको छ । छनोट चरणमा हालसम्म खेलेका चारमध्ये तीन खेलमा हार र एक खेलमा बराबरी गर्दै आफ्नो समूहको अंकतालिकामा नेपाल पुछारमा छ । नेपालले अब फिलिपिन्स र यमनसँग खेल्नेछ । पिलिपन्सको ७, ताजिकिस्तानको ६ र यमनको ५ अंक छ ।

प्रतिक्रिया

Related Post

ब्राजिल यू १७ विश्वकपको तेस्रो स्थानमा

Posted by - October 30, 2017 0
सकेन । प्रतियोगितामा ६ गोल गरेका लासाना एन्डिययेले सम्हालेको मालीको अग्रपंक्तिलाई ब्राजिली गोलकिपर ग्याब्रियल ब्राजाओले निरास पारेका थिए । उनले…

फेरिएको स्वरुप एसीसी यू–१९ एसिया कप

Posted by - November 16, 2017 0
कार्तिक ३०, २०७४-एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा नेपालले शुक्रबार अफगानिस्तानसँग खेल्दै छ । इतिहासमै पहिलोपल्ट भारतलाई पराजित गरेपछि नेपाल यू–१९…

‘यो दिन सोचेको थिइनँ’

Posted by - November 15, 2017 0
कार्तिक २९, २०७४-नेपाली राष्ट्रिय फुटबल टोलीका १५ औं कप्तान अनिल गुरुङ अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिँदा मंगलबार निकै भावुक बने ।…

श्रीलंकाविरुद्ध पाकिस्तानको ७ विकेटले जीत

Posted by - October 30, 2017 0
कार्तिक १०, २०७४-वान डे क्रिकेटमा प्रभुत्व कायम राखेको पाकिस्तानले श्रीलंकाविरुद्ध बिहीबार रातिको पहिलो ट्वान्टी ट्वान्टीमा पनि ७ विकेटको सजिलो जीत…
%d bloggers like this: