आक्रमक खेल्दै इंग्ल्यान्ड च्याम्पियन

108 0

कार्तिक ११, २०७४-इंग्ल्यान्डले आक्रमक फुटबलको उदाहरण पस्कदै फिफा यू—१७ विश्वकप फुटबलमा पहिलोपल्ट च्याम्पियन भएको छ । साल्ट लेक स्टेडियममा शनिबार दुई गोलले पछाडि परेको स्थिति उल्टाएर युरोपेली च्याम्पियन स्पेनविरुद्ध ५—२ को जित हासिल गर्दै इंग्ल्यान्डले ऐतिहिसिक उपाधि जितेको हो । स्पेनी टिमले सुरुआती आधा घन्टामै दुई गोलको अग्रता लिएको थियो । बार्सिलोनाको चर्चित् एकेडेमी ला मसियामा हुर्किएका सर्जियो गोमेजले अफसाइड ट्रयाप बिट गर्दै १० औं मिनेटमै गोलको खाता खोल्दै स्पेनलाई अघि बढाएका थिए । उनले पेनाल्टी क्षेत्रबाट बायाा खुट्टाले सशक्त रुपमा प्रहार गरेको बलले ३० औं मिनेटमा लोभलाग्दो रुपमा जाली चुमेको थियो । यसवीच उनले गोलकिपरसागको वान भर्सेस वानको स्थितिमा बललाई पोष्टको दिशा नसक्दा स्पेनले उपाधि होडमा सुरक्षित बन्ने अवसर गुमाएको थियो ।

अग्रता स्पेनले लिएपनि इंग्ल्यान्डले आक्रमक खेल प्रदर्शन गरिरहेको थियो । स्टिभन सेसेग्ननको क्रसमा रिहान ब्रेस्टरले हेडर गोल गर्दै ४४ औं मिनेटमा इंग्ल्यान्डलाई खेलमा फर्काएका थिए । प्रतियोगिताकै सर्बाधिक आठ गोल गरेका उनले गोल्डेन बुट हात पारे । त्यसअघि हड्सन ओडोईको प्रहारमा बल गोलपोष्ट चुम्दै फर्केको थियो । दोस्रो हाफमा मोर्गन गिब्स ह्वाइटले ५८ औं मिनेटमा ओडोईको क्रसमा वान टचमार्फत् गोल गर्दै खेल २—२ मा पुऱ्याएका थिए ।

 

बराबरीपछि इंग्ल्यान्डले श्रृंखलाबद्ध आक्रमण गऱ्यो । प्रभावशाली विंगर फिल फोडेनले ६९ औं मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै इंग्ल्यान्डलाई ३—२ को अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्र स्पेनले क्लियर गर्न नसकेको बललाई पोष्टको दिशा दिदै मार्क गुइहीले इंग्ल्यान्डको अग्रता ४—२ बनाएका थिए । म्यानचेस्टर सिटीका फोडेनले ८८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको ऐतिहासिक उपाधि निश्चित गरे । उनले प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडीको रुपमा गोल्डेन बल हात पारे ।

 

इंग्ल्यान्डले क्रोएसियामा मे महिनामा भएको युरोपियन यू १७ च्याम्पियनसिपको फाइनलमा स्पेनमा बेहोरेको हारको बदला पनि कोलकातामा लियो । महादेसीय उपाधि होडमा इंग्ल्यान्डले दुईपल्ट अग्रता लिएपनि टाइब्रेकरमार्फत् स्पेनले उपाधि कब्जा गरेको थियो । स्पेनी प्रशिक्षक सान्टियागो डेनियाले अहिले इंग्लिस टिममा धेरै सुधार भएको फाइनलअघि बताएका थिए र स्टिभ कुपरको टिमले त्यसलाई सावित गर्दै उपाधि नै जित्यो ।

 

सुरुका तीन संस्करण यू १६ को रुपमा रहेको यस विश्वकपमा इंग्ल्यान्डको लागि यसअघि २००७ मा क्वाटरफाइनल पुग्नु नै सबभन्दा उत्कृष्ट नतिजा थियो । उसले चिलीमा दुई वर्षअघि भएको विश्वकपमा समूह चरणको यात्रा मात्र तय गरेको थियो ।

 

इंग्ल्यान्डको लागि उमेर समूहमा यो दोस्रो उपाधि हो । उसले पााच महिनाअघिमात्र दक्षिण कोरियामा भएको यू २० विश्वकपको फाइनलमा भेनेजुएलालाई हराएर पहिलोपल्ट उमेर समूहको विश्व स्तरीय उपाधि हात पारेको थियो ।

 

स्पेन भने चौथोपल्ट यू १७ विश्वकपको फाइनलमा पराजित भयो । यसअघि उसलाई सन् १९९१ म घाना, २००३ मा ब्राजिल २००७ मा नाइजेरियाले फाइनलमा हराएको थियो ।

नवौं विजेता

प्रतियोगितामा सबै अर्थात् सातै खेल जितेको इंग्ल्यान्ड यू १७ विश्वकपको नवौं लविजेता हो । सुरुका तीन संस्करण यू १६ को रुपमा रहेको यस विश्वकपमा इंग्ल्यान्डले पहिलोपल्ट फाइनल पुग्दा नै उपाधि जितेको हो ।

 

यसमा अफ्रिकी महाशक्ति नाइजेरिया सर्बाधिक पााचपल्ट च्याम्पियन भएको छ । ब्राजिलले तीनपल्ट उपाधि कब्जा गरेको छ भने घाना र मेक्सिको दुई—दुईपल्ट च्याम्पियन भएका छन् । रुस, साउदी अरेयिबा, फ्रान्स र स्वीटजरल्यान्डले पनि एक—एक पल्ट उपाधि हात पारे ।

इंग्ल्यान्डको उपाधि यात्रा

४—०    चिली        समूह चरण

३—२    मेक्सिको        समूह चरण

४—०    इराक        समूह चरण

०—०    (टाइब्रेकर ५—३) जापान    अन्तिम १६

४—१    अमेरिका        क्वाटरफाइनल

३—१    ब्राजिल        सेमिफाइनल

५—२    स्पेन        फाइनल

http://bit.ly/2zfT3Fg

प्रतिक्रिया

Related Post

श्रीलंकाविरुद्ध पाकिस्तानको ७ विकेटले जीत

Posted by - October 30, 2017 0
कार्तिक १०, २०७४-वान डे क्रिकेटमा प्रभुत्व कायम राखेको पाकिस्तानले श्रीलंकाविरुद्ध बिहीबार रातिको पहिलो ट्वान्टी ट्वान्टीमा पनि ७ विकेटको सजिलो जीत…

मलेसियाविरुद्ध नेपाल ८ विकेटले विजयी

Posted by - November 14, 2017 0
काठमाडौं- मलेसियामा जारी एसिसी यु–१९ एसिया कपमा नेपालले आयोजक मलेसियालाई ८ विकेटले हराएको छ। मंगलबार भएको खेलमा ५.३ ओभरमा दुई…

नेपालको एसिया कप छनोटको सम्भावना लगभग समाप्त

Posted by - October 27, 2017 0
काठमाडौँ । नेपाल एएफसी एसिया कप २०१९ छनोटअन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ । ताजकिस्तानको हिसोर सेन्ट्रल…
%d bloggers like this: