कावेली ए जलविद्युत आयोजना निर्माण सुरु

123 0

कार्तिक १३, २०७४-ताप्लेजुङ र पाँचथरको सिमावर्ती काबेली खोलाबाट ३७ दशलमव ६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजनाको निर्माण कार्य थालिएको छ । चिनियाँ कम्पनी झिजियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनी लिमिटेडले आयोजनाको सुरुङ निर्माण शुरु गरेको हो ।

विश्व बैंक र अन्तराष्र्टि्रय वित्तीय संस्थाहरुको सहयोगमा नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधिन काबेली ए जलविद्युत आयोजना पूर्वी नेपालकै सबभन्दा ठूलो परियोजना हो । पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरको धुसेनीमा चिनीया कम्पनी झिजियाङ हाइड्रोपावर कन्स्ट्रक्सन कम्पनीले जलविद्युत आयोजनाको सुरुङ खन्न थालेको हो । अमरपुरको धुसेनी खोलाखर्कदेखि ४ हजार ३ सय २७ मिटर सुरुङ खनेर पिनासेघाटमा विद्युतगृह निर्माण गर्ने योजना छ । त्यसमध्ये चिनियाँ टोलीले एक महिनाको अवधिमा ७५ मिटर पहुँच सुरुङ निर्माण गरेको झिजियाङ कम्पनीमा कार्यरत भाषा अनुवादक चानले बताइन् । आयोजना निर्माणका लागि इन्जिनियर, प्राविधिक, चालक, श्रमिक लगायत जनशक्ति चिनियाँ टोली आएका छन् । चीनीया ठेकेदार कम्पनीले निर्माण कार्यमा आवश्यक सवारी, टिपर, स्क्याभेटर लगायत अन्य उपकरण समेत चीनबाटै ल्याएका छन् । उनका अनुसार कावेली ए जलविद्युत आयोजना निर्माणको लागि हालसम्म ६० जना चिनीया कार्यरत छन् । निर्माणाधिन सुरुङभित्र काम गर्न बाहिरबाट अक्सिजन जडान गरिएको छ ।

ताप्लेजुङको याङवरक गाउँपालिका वडा नं–२ थेचम्बू र पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरको सिमावर्ती कावेली खोलाबाट विद्युत प्राधिकरणले विश्व वैंक लगायत वित्तीय संस्था र बुटवल पावर कम्पनीको दश अर्व रुपैंयाँ लगानीमा ३७ दशमलव ६ मेगावाट क्षमताको पिकिङ रन अफ द रिभर किसिमको विद्युत उत्पादन गर्न लागेको हो । विद्युत उत्पादनका लागि नेपाल सरकारमार्फत प्रवर्द्धक वुटवल पावर कम्पनीलाई विश्व बैंकले चार करोड अमेरिकी डलर, अन्तराष्ट्र्रिय वित्त निगम (आइएफसी)ले तीन करोड ८६ लाख अमेरिकी डलर, क्यानाडेली जलवायु परिवर्तन कार्यक्रम, नेपाल जलविद्युत लगानी तथा विकास कम्पनी र एन आई सी एसिया वैंकले को ऋण सहयोग उपलब्ध गराएको छ । विश्व वैंकमार्फत अन्तराष्र्टि्रय सहयोगी निकाय, अष्ट्रेलियन वैदेशिक सहयोग नियोग (डीएफएटी), स्विस आर्थिक सहयोग नियोग (एसइसीओ), वेलायती अन्तराष्ट्र्रिय सहयोग नियोग(डिएफआइडी)ले समेत परियोजना निर्माणमा सहयोग गर्ने आयोजनाले जनाएको छ । काबेली ए जलविद्युत आयोजनामा बुटवल पावर कम्पनीको ५५ प्रतिशत र सिंगापुरको इन्फ्राको एसिया कम्पनीको ४५ प्रतिशत स्वामित्व र साझेदारी हुने गरी आयोजना शुरु भएको कावेली ए जलविद्युत आयोजना व्यावस्थापक वीरेन्द्र श्रेष्ठले बताए ।

आयोजना नर्माणका लागि बुटवल पावर कम्पनी अन्तर्गत कावेली इनर्जी लिमिटेडले कावेली ए जलविद्युत आयोजना निर्माणको लागि अन्तराष्ट्र्रिय टेण्डर आहन गरी चीनीया कम्पनी झिजियाङ हाइड्रोपावर कन्स्ट्रक्सन कम्पनी र परामर्शदाता भारतीय टाटा इन्जिनियररिङ कम्पनीसित आगामी २०२० फेब्रुअरीमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । झिजियाङ कम्पनीले सिभिल इन्जिनियरिङ र हाइड्रोमेकानिकल इन्जिनियरिङको कार्य गर्नेछन् । आयोजना निर्माण अवधिमा चार सयदेखि ६ सय जना दक्ष तथा अदक्ष जनशक्ति परिचालन हुने आयोजनाले जनाएको छ । यसमध्ये करिब एक सय ५० देखि दुई जना चिनीया कामदार हुनेछन् । चिनियाँ कामदारले सुरुङ निर्माण सुरु गरिसकेका छन् । कावेली आयोजना सुरक्षाको लागि नेपाली सेनाको भैरवी दल फिदिमबाट एक टुकडी सैनिक सुरक्षा क्याम्प पिनासोघाटमा राखिसकेको छ । सुरुङ निर्माणको लागि विष्फोटक पदार्थको भण्डारण र व्यवस्थापन समेत सेनाले नै गरिरहेको छ ।

सरकारले दश बर्षअघि काबेली ए जलविद्युत आयोजना सम्भाव्यता अध्यायन गरी विस्तृत सर्बेक्षण प्रतिवेदन तयार गर्न विद्युत प्राधिकरण अन्तर्गत सरकारी स्वामित्वको बुटवल पावर कम्पनीलाई अनुमति प्रदान गरेको थियो । काबेली ए परियोजना निर्माणको लागि काबेली इनर्जी लिमिटेडको सामाजिक अध्ययान प्रतिवेदन सरकारले तीन वर्षका लागि २०६६ पुस १७ मा पहिलोपटक विद्युत विकास सम्झौता भएपनि नीतिगत र प्रक्रियागत समस्या तथा विभिन्न कारणले निर्माण कार्य शुरु हुन सकेको थिएन ।

काबेली खोलामा १५ मिटर अग्लो उच्चबाँध निर्माण गरी एक किलोमिटर फराकिलो जलाययुक्त पोखरीमा पानी जम्मा गरेर शुरुङबाट पिनासेघाट पुर्‍याइने आयोजनाले जनाएको छ । पिनासेघाटमा करिब एक सय १८ मिटर उचाईंबाट विद्युतगृहमा टर्बाइनमा पानी खसाल्ने छ । आयोजना पूरा भएपछि वार्षिक २० करोड ५० लाख युनिट विद्युत उत्पादन हुने उल्लेख छ । काबेली ए जलविद्युत आयोजना काबेली करिडोर १३२ केभि प्रशारण लाइनको अमरपुर सवस्टेसनमा जोडिने छ ।

प्रतिक्रिया

Related Post

विभिन्न पाँच ठेकेदार कम्पनी कालो सूचीमा

Posted by - January 16, 2018 0
समयमै खरिद बिक्री नगर्ने विभिन्न पाँच ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । प्रतिबद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कंलाई…

सिन्डिकेट गर्न नपाउँदा आन्दोलनको धम्की

Posted by - October 30, 2017 0
कार्तिक १३, २०७४-सिन्डिकेट गर्न नपाउँदा पेट्रोलियम ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ लोड/अनलोड ठप्प पार्ने चेतावनी दिएका छन् । नयाँ टयांकर थप्न…

बैंक कर्मचारी दीपिकाबाट पाँच करोड ठगी: यसरी पत्ता लाग्यो

Posted by - December 3, 2017 0
कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन् ।…

गेजुवासँगको सम्झौता खारेज

Posted by - November 14, 2017 0
कार्तिक २८, २०७४-दुई संसदीय समितिको निर्देशन टेक्दै मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चिनियाँ कम्पनी गेजुवा गु्रपसँग भएको सम्झौता खारेज…
%d bloggers like this: