गण्डक नहर अझै मर्मत भएन

207 0

कार्तिक १३, २०७४-भदौ पहिलो साताको भीषण वर्षासँगै आएको बाढीले क्षतिग्रस्त गण्डक नहर अझै मर्मत हुन सकेको छैन । जिल्लाको जगरनाथपुर गाउँपालिकाको जानकीटोलामा करिब ७० मिटर नहरको क्षति पुगेको किनार मर्मत भएको छैन ।

नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुअरीका प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद साहका अनुसार, जानकीटोलामा ठूलो क्षति भएको र पछि त्यहाँ करिब ३६ फिट गहिरो खाडल बनेकाले मर्मत उपहरणहरू लैजान सम्भव नहुँदा ढिलाइ भएको हो । ‘त्यहाँ नहरको दुवैतर्फका किनार क्षतिग्रस्त भएकामा दाहिनेकिनार र त्यससँगैको सर्भिस सडक मर्मत गरी यातायात सुरु गरिसकेका छौं,’ उनले भने, ‘तर देब्रेकिनार तर्फको जटिल भौगोलिक संरचनाकै कारण मर्मत गर्न सकिएको छैन ।’

कार्यालयले नहर मर्मतका लागि केन्द्रसँग बजेट माग गरेकोमा हालसम्म प्राप्त नहुँदा पनि काम नभएको उनी बताउँछन् । ‘कार्यालयको साधन स्रोतले भ्याएसम्म हामीले कम समयमा पर्सा र बारामा भत्किएका ३ दर्जन स्थानका नहरको किनार तथा सर्भिस सडक मर्मत सम्भार गर्न सफल भयौं,’ उनले भने, ‘अब भने भौगोलिक विकट र बजेट अपुग भएकाले समस्या भएको हो, केन्द्रले यसमा तदारुकता देखाए चाँडै मर्मत गर्छौं ।’

बाढीले भारततर्फ पनि २६ ठाउँमा नहरको संरचना भत्किए पनि ५२ करोड रुपैयाँमा मर्मतको काम पूरा भएको आफूले जानकारी पाएको उनले बताए ।

किसानको मागपछि भत्किएकै नहरको संरचना मर्मतबिनै असोज २४ मा धानबालीका लागि भारतीय पक्षसँग आग्रह गरी नहरमा पानी प्रवाह गरिएको उनले बताए । ‘सावधानीपूर्वक भत्किएको किनारमा

बालुवाका बोराहरू राखेर भए पनि नहरमा पानी छाडियो,’ साहले भने, ‘साबिकभन्दा कम भए पनि नहरमा पानी प्रवाह गरियो, नहरछेउका किसानले पम्पसेटबाट तानेर गर्जो टारे ।’ यसरी आएको पानीले ३ नम्बर ब्लकसम्मका किसानलाई राहत मिलेको उनले बताए ।

गहुँका लागि नहरमा पानी ल्याउन आफू हरसम्भव प्रयासरत रहेको साहको दाबी छ । ‘गहुँ बालीका लागि मंसिर अन्त्यतिर सिँचाइ चाहिन्छ, ८ सय क्युसेक पानी त नआउला तर किसानलाई चाहिने जति आउने वातावरण बनाउदै छुँ,’ उनले भने, ‘हामीसँग अझै करिब डेढ महिना बाँकी छ, त्यतिन्जेल केन्द्रबाट केही बजेट आउने र आफ्नै साधन स्रोत परिचालन गरेर भए पनि किसानलाई राहत दिने प्रयास जारी छ ।’ सिँचाइराज्यमन्त्री, सिँचाइ विभागका उपमहानिर्देशक, क्षेत्रीय निर्देशकसहित सरोकारवाला अधिकारीहरूले पनि क्षतिग्रस्त नहरको स्थलगत निरीक्षण गरिसकेको उनले बताए ।

वर्षा र बाढीले गण्डक नहरले पर्सा र बारामा मात्रै ७० करोड रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको कार्यालयको प्राविधिक टोलीको प्रारम्भिक स्थलगत अध्ययनले देखाएको छ । नहरको पर्सादेखि रौतहटको ८१ किमि खण्डमध्ये पर्सा, बारा र रौतहटको मूल नहर तथा बारा र रौतहटको ब्लक नहरको ३५ स्थानमा र मूल नहरको दायाँबायाँ किनार र सर्भिस सडक समेतमा क्षति पुगेको थियो । मूल नहर र यसको ब्लक नहरमा समेत गरी ७० करोड ४५ लाख ३३ हजार १ सय रुपैयाँबराबरको क्षतिको अनुमान कार्यालयको थियो ।

मूल नहरमा ५० करोड २० लाख ७८ हजार १ सय रुपैया र १५ मध्ये १० ब्लक तथा ट्युवेलमा समेत गरी २० करोड २४ लाख ५५ हजार रुपैया क्षति भएको अनुमान गरिएको हो । ब्लक नम्बर १ मा ५० लाख, २ मा १ करोड ५ लाख, ३ मा १ करोड ३५ लाख ८३ हजार, ४ मा १ करोड २६ लाख ५ हजार र ५ मा ८ लाख रुपैया बराबरको क्षति भएको छ । त्यसैगरी, ब्लक नम्बर ६ मा ४७ लाख ९३ हजार, ७ मा ५ करोड ६५ लाख ९० हजार, ८ मा ९ करोड ३६ लाख २४, ९ मा १४ लाख ६० हजार र १० मा ५ लाख रुपैया बराबरको क्षति भएको अनुमान गरिएको थियो ।

प्रतिक्रिया

Related Post

म्यादी प्रहरीको बिदाइ ७ पुसमा, यसरी गरिँदै छ बिदाइ

Posted by - December 19, 2017 0
काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्ति गरिएका म्यादी प्रहरी ७ पुसमा घर फर्किने भएका छन् । प्रदेश…

दलको शक्ति प्रदर्शन र विप्लव समूह चुनावको मुख्य चुनौति प्रदेश नम्बर ४ र ५ को सुरक्षा गोष्ठी पोखरामा सुरु

Posted by - November 10, 2017 0
२४ कात्तिक, पोखरा । निर्वाचन आयोग र गृह मन्त्रालयले आसन्न चुनावको मुख्य चुनौतिका रुपमा दलहरुले पैसा र गुण्डा प्रयोग गरी गर्ने…

गम्भीर अपमान ! नेपालीलाई २० लाख र बंगलादेशीलाई १ करोड पचास लाख क्षतिपूर्ति – यस्तो रहेछ कारण

Posted by - March 18, 2018 0
यूएस बंग्ला एयरलाइन्सको जहाज काठमाण्डौस्थित त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुने नेपाली र बंगलादेशी नागरिकका परिवारले पाउने क्षतिपूर्तिमा…

मन्‍त्रिपरिषद् बैठक : ३० मन्त्रालय गाभेर १७ बनाइयाे

Posted by - February 23, 2018 0
काठमाडौं : अब संघीय सरकारमा १७ वटा मन्त्रालय रहने भएका छन्। केन्द्रीकृत शासन प्रणालीअनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर…
%d bloggers like this: