गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच गोली हानाहान, एक घाइते

85 0

६ असोज, काठमाडौं । गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच काठमाडौंको पेप्सीकोलामा गोली हानाहान भएको छ । गोली लागेर चक्रे मिलनका एक सहयोगी घाइते भएका छन् ।

शुक्रबार साँझ प्रहरीको टोलीमाथि चक्रे मिलन समूहका व्यक्तिहरूले पेप्सीकोलास्थित मनहरा खोला नजिकैबाटै गोली चलाएपछि दोहोरो फाइरिङ भएको एसएसपी दिवेश लोहनीले अनलाइनखबरलाई बताए ।

‘प्रहरीमाथि गोली चलाइएपछि हाम्रो तर्फबाट जवाफी फायरिङ हुँदा एक जना घाइते भएका छन्,’ एसएसपी लोहनीले भने- घाइते हुने व्यक्ति चक्रे मिलन ग्याङको भएको खुलेको छ ।’

प्रहरीको गोली लागेर घाइते हुने रामेश्वर गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलार्इ घुँडामुनि गोली लागेको छ ।

पक्राउ परेका गौतमलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।

गोली हानाहानमा सहभागी अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Related Post

Donald Trump

डीभी चिठ्ठा प्रणाली नै रद्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

Posted by - November 2, 2017 0
काठमाडौं, कात्तिक १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिट्ठा प्रणालीबाट अमेरिकामा आतंकवादी भित्रिएको दाबी गर्दै अब…

घाचोकमा हुने धनधान्यान्चल महायज्ञको तयारी अन्तिम चरणमा

Posted by - April 20, 2018 0
पोखरा, ७ वैशाख कास्कीको माछापच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा वैशाख ११ गतेदेखी १८ गतेसम्म हुन गईरहेको विराट शैक्षिक श्रीमद्भागवत…

“चुनाव जितेर सबैको प्रिय बनेर काम गर्छु”

Posted by - November 10, 2017 0
विनोद केसी प्रदेशसभा सदस्य उम्मेदवार म्याग्दी क्षेत्र नं. १ ‘क’ प्र देश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा म्याग्दीको प्रदेशसभा क्षेत्र…

वालिङ नगरपालिकालाई स्मार्ट सिटी बनाउँछु –मेयरका प्रत्यासी खाँण

Posted by - October 30, 2017 0
स्याङजा । स्याङ्जाको वालिङ नगरपालिकाको मेयर पदका पत्यासी नेपाली काँग्रेसका नेता दिलिपप्रताप खाँणले वालिङ नगरपालिकालाई १५ वर्षभित्र स्मार्ट सिटी बनाउने…

एमालेले माओवादीलाई आफ्नो आवरणभित्र घिसार्न सफल भएको छ: खगेन्द्र संग्रौला (अन्तर्वार्ता)

Posted by - November 13, 2017 0
खगेन्द्र संग्रौला लेखक र समिक्षक हुन् । भित्तैमा पुर्याउने गरि शब्दवाण प्रहार गर्ने कलामा पोख्त मानिन्छन् । तुलनात्मक रुपमा उनी यस…
%d bloggers like this: