तिहारको लागि नेपाल टेलिकमको बोनस

146 0

आश्विन ३१, २०७४-नेपाल टेलिकमले तिहारको उपलक्ष्यमा आफ्ना ग्राहकलाई विभिन्न छुट दिने भएको छ ।

टेलिकमले जीएसएम र सीडीएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने भएको छ । यो योजना भोलि बुधबारदेखि शुक्रबारसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसैगरी, प्रिपेड र पोष्टपेड दुवै सिम प्रयोगकर्तालाई कम्पनीको नेटवर्कभित्र हुने एसएमएस सेवामा ५० प्रतिशत छुट उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

उसले यो सुविधा २ देखि ९ गतेसम्म लागू हुने जनाएको छ । यो अवधीमा कम्पनीका ग्राहकले टेलिकम नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सक्नेछन् ।

कात्तिक भोलि बुधरबारदेखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनको लागि आवश्यक पर्ने सीम नि:शुल्क परिवर्तन गरिने टेलिकमले जनाएको छ ।

फोरजी सेवा उपलब्ध भएको काठमाडौं, ललितपुर, भक्तपुर र पोखराका नेपाल टेलिकम काउन्टरबाट यो सेवा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

Related Post

हेर्नुहोस विश्वको सबैभन्दा महंगो बिशेष प्रकारको कार, जुन अमेरिकी राष्ट्रपति चढ्ने गरेका छन

Posted by - November 21, 2017 0
विश्वशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपतिबारे धेरैको चासो हुनु स्वभाविक हो । यसमा पनि उनि कस्तो खान्छन रु कुन ब्राण्डका कपडा लगाउछन…

कम्प्युटरमा नाङ्गो तस्बीर माग्ने भाईरस (ह्याकर्स)

Posted by - October 30, 2017 0
कार्तिक ५, २०७४-के तपाईको कम्प्युटर सुरक्षित रहेको कुरामा तपाई ढुक्क हुनुहुन्छ ? यदि तपाईको उत्तर ‘ढुक्क छु’ भन्ने आउँछ भने…

नेपालका लागि बनाइएका चर्चित एन्ड्रोइड एपहरु

Posted by - January 17, 2018 0
जिमेल, फेसबुक र युट्युब विश्वभरिमा सबैभन्दा बढी डाउनलोड गरिएका एन्ड्रोइड एपमध्ये पर्छन् । यी एप नेपालमा समेत निकै चर्चित भए…

गजबको यो डिभाईस, जसले मोबाइल तात्नबाट जोगाउँछ

Posted by - November 1, 2017 0
कार्तिक १०, २०७४-मोबाइल, ट्याबलेट र ल्यापटपलगायतमा देखिने विभिन्न समस्यामध्ये यी उपकरणहरु चाँडै तात्नु पनि एक हो । ब्याट्री चाँडै सकिनु,…

सामसङ ‘जेटू फोर जी’ नेपाली बजारमा, यस्ता छन् नयाँ विशेषता

Posted by - February 7, 2018 0
काठमाडौं, माघ २४ – सामसङले नेपाली बजारमा जेटू फोर जी एडिसन मोबाइल फोन ल्याएको छ । उच्चतम मनोरञ्जनको लागि फोर जी…
%d bloggers like this: