नक्कली फेसबुक ‘आइडी’ बनाएर दूरुपयोग गर्ने पक्राउ

144 0

रत्ननगर (रासस)- नक्कली फेसबुक ‘आइडी’ बनाई महिलालाई अश्लील कार्य गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

महिलालाई बदनाम गर्ने उद्देश्यले फेसबुकमा मोबाइल नम्बर र फोटो राखी अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनेर स्टाटस राख्ने गरेको आरोपमा पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए।

यसरी पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–४ का २७ वर्षीय नविन तिमिल्सिना रहेका छन्।

उनीविरुद्ध नक्कली फेसबुक बनाई महिलालाई बदनाम गर्ने उद्देश्यले अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनी मोबाइल नं र फोटो हालेको भनी केही दिनअघि नै लिखित उजुरी परेको प्रहरीले जनाएको छ।

उनलाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु भएको आचार्यले जानकारी दिए।

प्रतिक्रिया

Related Post

नेपालका लागि बनाइएका चर्चित एन्ड्रोइड एपहरु

Posted by - January 17, 2018 0
जिमेल, फेसबुक र युट्युब विश्वभरिमा सबैभन्दा बढी डाउनलोड गरिएका एन्ड्रोइड एपमध्ये पर्छन् । यी एप नेपालमा समेत निकै चर्चित भए…

इन्जिनियरिङ्गका विद्यार्थीले ल्याए स्मार्ट सिटिको अवधारणा

Posted by - February 4, 2018 0
काठमाडौं – २१ औं शताब्दी । विज्ञान तथा प्रविधिको युग । यस्तो अवस्थामा नेपालको शहरहरु पनि स्मार्ट बन्नु पर्ने अवधारणा…

कम्प्युटरमा नाङ्गो तस्बीर माग्ने भाईरस (ह्याकर्स)

Posted by - October 30, 2017 0
कार्तिक ५, २०७४-के तपाईको कम्प्युटर सुरक्षित रहेको कुरामा तपाई ढुक्क हुनुहुन्छ ? यदि तपाईको उत्तर ‘ढुक्क छु’ भन्ने आउँछ भने…

साइबर अपराध : चुनौती र न्यूनीकरणका उपाय

Posted by - October 30, 2017 0
कार्तिक २, २०७४-नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार ६१ प्रतिशत नेपाली जनतासँग इन्टरनेट पहुँच छ । लगभग सबैजसो जनताले दूरसञ्चार सेवा…

इसारामै चल्ने कार

Posted by - February 2, 2018 0
लससभेगासमा आयोजना भएको सिइएस मेलामा चिनियाँ कम्पनी बाइटनले अनुहार पहिचान गरेर आफैं ढोका खुल्ने कार प्रदर्शन गर्‍यो । यसको स्टेयरिङमै…
%d bloggers like this: