नचाउँदै चेपाङ गायक

157 0

कार्तिक १३, २०७४-राक्सिलोहाङ वेराती तुङचु गदरी,

निक्तोमार सररर प्याङचे ल्यामसै आल्च मनहरी…
चेपाङ गीतका उपर्युक्त पंक्तिले भन्छन्— सालको पातमा बेरेर बिडी खाउँला, चिसो हावा खानलाई मनहरी जाउँला… । यही गीत गाएर गायक रविनकुमार चेपाङले राक्सिराङ गाउँपालिका–५ चैनपुरवासीलाई नचाए ।

उनको गायकीलाई गाउँलेहरूले यसरी साथ दिए कि सबै जना उठेर नाच्न थाले । चेपाङहरूको बाहुल्य रहेको राक्सिराङमा आफ्नै समुदायको गायकले स्टेज तताउँदा संगीत पारखीहरू खुसी नहुने कुरै थिएन । ‘द स्टार युथ क्लबले शुक्रबार गरेको सांस्कृतिक कार्यक्रम एवं सम्मान कार्यक्रममा रविनले यसपछि ‘हेटौंडामा साइँली…’ गाए । डेढ दशकदेखि गीत गाउँदै आएका रविनले ‘सान्नानीले झुक्यायो मलाई…’ गाउँदा पनि दर्शक/स्रोताले उत्तिकै साथ दिए ।

‘भूकम्पले घर भत्काए पनि स्वर भत्काउन सकेन,’ उनले भावुक भएर भने, ‘त्यसैले गीत गाएर हिँडिरहेको छु ।’ मकवानपुरकै युवा गायकको रूपमा छवि बनाउँदै आएका उनी भूकम्पपछि उनी सिरेटो छिर्ने कटेरामा बस्दै आएका छन् । रेडियो नेपालबाट २०५७ सालमै स्वर परीक्षण उत्तीर्ण गरेका रविनलाई मकवानपुरको पश्चिमी क्षेत्रमा हुने जुनसुकै सार्वजनिक कार्यक्रममा निम्तो आउँछ ।

कार्यक्रममा चेपाङ किशोरीहरू तामाङ लोकलयमा गीत गाउँदै नाच्न पनि भ्याए । मेलिना चेपाङले ‘गुनियो चोलीमा राम्रो देखियो…’ बोलको गीतमा गरेको नृत्य पनि प्रसंशायोग्य थियो । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले चेपाङ समुदायको कला र संस्कृतिको संरक्षण गर्न गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए । गाउँपालिकामा ६० प्रतिशतभन्दा बढी चेपाङ समुदायको बसोबास छ ।

प्रतिक्रिया

Related Post

१० बिश्वप्रशिद्ध यौनबजार, जहाँ विश्वप्रशिद्ध सुन्दरीसमेत ग्राहक कुरेर सडकमै घुम्छन

Posted by - December 31, 2017 0
सेक्स टुरिजम” यस्तो क्षेत्र हो जहाँ कम्तिमा पनि प्रत्यक वर्ष ३ करोड महिलाहरु सेक्सका निम्ति विभिन्न देश घुम्ने गर्दछन्। आफ्नो…

विपिनको लुक्स दयाहाङको डान्स

Posted by - November 9, 2017 0
कार्तिक २३, २०७४-बुधबार युट्युब नेपालको ट्रेन्डिङ लिस्टमा फिल्महरूको वर्चस्व रह्यो । ट्रेलर , टिजर, गीत र सिंगो फिल्म नै ट्रेन्डिङमा देखिए…
%d bloggers like this: