ब्राजिल यू १७ विश्वकपको तेस्रो स्थानमा

116 0

सकेन । प्रतियोगितामा ६ गोल गरेका लासाना एन्डिययेले सम्हालेको मालीको अग्रपंक्तिलाई ब्राजिली गोलकिपर ग्याब्रियल ब्राजाओले निरास पारेका थिए । उनले पछिल्लो संस्करणको उपविजेताका पाँच उत्कृष्ट आक्रमणमा आकर्षक बचाउ गर्दै विश्व फुटबलको महारथीको बचाउ गरेका थिए ।

अन्तिम चारमा स्पेनसाग चुकेको माली पहिलो हाफमा पूर्णत: हावी रह्यो । दोस्रो हाफमा भने ब्राजिलले तीन खेलाडी परिवर्तन गर्दै केही सुधारिएको खेल प्रदर्शन गऱ्यो । मालीका गोलकिपर युसोफ कोइटाको गम्भीर भूलमा एलनले ५५ औं मिनेटमा गोल गर्दै तीनपल्टको च्याम्पियन ब्राजिललाई अग्रता दिलाएका थिए । सब्स्टिच्युट युरी अल्बर्टोले ८८ औं मिनेटमा सहज अवसरमा गोल गर्दै ब्राजिलको तेस्रो स्थान पक्का गरेका थिए ।

ब्राजिलले पछिल्लोपल्ट सन् २००३ मा फिफा यू १७ विश्वकपको उपाधि जितेको थियो । त्यसयता पहिलोपल्ट च्याम्पियन बन्ने उसको धोको यसपाली भारतमा पनि संभव भएन ।

पहिलो खेलमा स्पेनलाई पराजित गरेपछि सेमिफाइनल यात्रा तय गर्दासम्म प्रतियोगिताकै आकर्षक टिमको रुपमा रहेको उसले तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा भने स्वभाविक खेल पस्कन सकेन । मालीका गोलकिपरको गल्ती नै खेलको łटर्निङ प्वाइन्ट’ बनेपछि ब्राजिलको तेस्रो स्थान सुरक्षित भएको थियो ।

प्रतिक्रिया

Related Post

सन्दीप बने आइपिएल खेल्ने पहिलो नेपाली

Posted by - January 28, 2018 0
काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा परेका छन् । नेपाली…

नेपालको एसिया कप छनोटको सम्भावना लगभग समाप्त

Posted by - October 27, 2017 0
काठमाडौँ । नेपाल एएफसी एसिया कप २०१९ छनोटअन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ । ताजकिस्तानको हिसोर सेन्ट्रल…

आर्मी र पुलिस हाबी

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार सुरु ५० औं राष्ट्रिय कराँतेमा पहिलो दिन त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबका खेलाडीले…

सिंगापुरलाई हराउँदै नेपालले उपाधी जित्यो

Posted by - December 17, 2017 0
काठमाडाै– नेपालले थाइल्याण्डमा जारी एसीसी अण्डर १६ पूर्व क्षेत्रीय क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । आइतवार सम्पन्न फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै…

आक्रमक खेल्दै इंग्ल्यान्ड च्याम्पियन

Posted by - October 30, 2017 0
कार्तिक ११, २०७४-इंग्ल्यान्डले आक्रमक फुटबलको उदाहरण पस्कदै फिफा यू—१७ विश्वकप फुटबलमा पहिलोपल्ट च्याम्पियन भएको छ । साल्ट लेक स्टेडियममा शनिबार…
%d bloggers like this: