भारतले ८३ हजार किलोमिटर सडक बनाउँदै

117 0

कार्तिक ७, २०७४-भारतको केन्द्रीय सरकारले आफ्नो भूमिमा ८३ हजार किलोमिटरभन्दा लामो सडक/राजमार्ग बनाउने परियोजनालाई स्वीकृति प्रदान गरेको छ । उसले यो परियोजना पूरा गर्न आवश्यक बजेट ७ लाख करोड भारु पनि स्वीकृत गरेको छ ।

त्यहाँको केन्द्रीय मन्त्रिपरिषद्ले मंगलबार परियोजना र बजेट स्वीकृत गरेको हिन्दुस्तानटाइम्सको अनलाइन संस्करणले जनाएको छ । अगामी पाँच वर्षभित्र सक्ने लक्ष्य लिएको परियोजनाले रोजगार अभिवृद्धि गर्नुका साथै भारतको अर्थतन्त्रलाई थप माथि उकास्न सहयोग पुग्ने दाबी गरिएको छ ।

परियोजनाअन्तर्गत ८३ हजार ६ सय ७७ किलोमिटरमा सडक, राजमार्ग र पुलहरू निर्माण गरिनेछ । पहिलो चरणमा ‘भारतमाला’ कार्यक्रमअन्तर्गत २४ हजार ८ सय किमि सडकको निर्माण सन् २०२२ मा सक्ने जनाएको छ । उक्त सडकका लागि ५ दशमलव ३५ लाख करोड भारु छुटयाइएको छ ।

अनलाइनले भारतमाला कार्यक्रमको घोषणा दुई वर्षअघि नै भएको जनाएको छ । उक्त सडकको निर्माण आर्थिक करिडोरहरू र सीमा तथा तटीय क्षेत्रमा गरिने लक्ष्य लिइएको छ । यसै कार्यक्रमअन्तर्गत १ हजार ८ सय ३७ किलोमिटर द्रु्रत मार्गको निर्माणसमेत गरिने योजना भारतको छ ।

परियोजनामा निर्माणाधीन १० हजार किलोमिटरको राष्ट्रिय राजमार्ग, ४८ हजार किलोमिटरको सडक तथा अन्य उच्चमार्गसमेत परेका छन् । परियोजना पूरा गर्नका लागि भारत सरकारले आधा खर्च बजार तथा निजी लगानी कम्पनी र बाँकी रकम सडक फन्डबाट जुटाइने जनाएको छ ।

प्रतिक्रिया

Related Post

कतारले विदेशी कामदारका लागि न्युनतम पारिश्रमिक तोक्दै

Posted by - October 27, 2017 0
दोहा –कतार सरकारले श्रमसम्बन्धी नियममा परिमार्जन गरि कामदारका लागि न्यूनतम पारिश्रमिक तोक्ने तयारी गरेको छ। कतारमा सन् २०२२ मा विश्व…

‘माल्टामा ५ वर्षमा पीआर पाइँदैन’

Posted by - October 30, 2017 0
कार्तिक १०, २०७४-युरोप र उत्तर अफ्रिकाको बीचको सानो युरोपेली मुलुक माल्टा नेपालीका लागि नयाँ गन्तव्य बनेको छ । विद्यार्थीबाहेक वर्क…

एक वर्षपछि थाई नरेशको अन्त्येष्टि

Posted by - October 30, 2017 0
कार्तिक ९, २०७४-गतवर्ष निधन भएका थाई नरेशको राजकीय सम्मानका साथ बिहीबार अन्त्येष्टि गरिएको छ । गतवर्ष अक्टोबरमा निधन भएका नरेश…

स्टिफन हकिङका १८ प्रेरक बचन, जसले जीवन बदल्न सहयोग गर्छ

Posted by - March 15, 2018 0
‘म मृत्युसँग डराउँदिन । तर मलाई मर्नका लागि हतार छैन । मेरोलागि गर्नुपर्ने धेरै काम बाँकी छ ।’ वर्तमान युगका…

नयाँ वर्षको पहिलो हप्ता गुगलमा के-के खोजियो ?

Posted by - January 10, 2018 0
सन् २०१७ मा गुगल सर्च इन्जिनमा सबैभन्दा धेरै सर्च गरिएका शव्दाबलीहरुको सूचि गुगलले यसअघि नै सार्वजनिक गरिसकेको छ । जस…
%d bloggers like this: