‘माल्टामा ५ वर्षमा पीआर पाइँदैन’

83 0

कार्तिक १०, २०७४-युरोप र उत्तर अफ्रिकाको बीचको सानो युरोपेली मुलुक माल्टा नेपालीका लागि नयाँ गन्तव्य बनेको छ । विद्यार्थीबाहेक वर्क पर्मिट भिसा लिएर माल्टा जाने नेपालीको संख्यामा वृद्धि भएको छ । अहिले करिब अढाइ सय नेपाली त्यहाँका विभिन्न क्षेत्रमा कार्यरत छन् । लन्डनस्थित नेपाली दूतावासले माल्टामा रोजगारीका लागि कामदार माग भएको जनाएको छ ।

‘अहिले माल्टाबाट २ सय ४८ नेपाली कामदारको माग भई प्रमाणीकरणका लागि दूतावासमा अनुरोधपत्र आएको छ,’ लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले कान्तिपुरसँग भने । केही समयअघि मात्र माल्टा पुगेर फर्किएका आरणले उक्त देश नेपालीको नयाँ गन्तव्य बन्दै गएको बताए । आरणसहित सैनिक सहचारी प्रदीपजंग केसीले माल्टास्थित नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए । माल्टा युनिभर्सिटीमा करिब २० नेपाली अध्ययनरत छन् ।

‘नेपालका केही म्यानपावरले विद्यार्थीले पनि काम गर्न अनुमति र ५ वर्षमा स्थायी बसोबास (पीआर) पाइन्छ भनेर भ्रम फैलाइरहेका छन्,’ आरणले भने, ‘त्यो सरासर गलत हो ।’ आरणले आफूले म्यानपावरलाई १२ लाख रुपैयाँसम्म तिरेर माल्टा पुगेका नेपाली भेटेको जनाए । उनका अनुसार मल्टी नेसनल कम्पनी विशेष गरी सर्भिस सेक्टर र कलकारखाना बढिरहेकाले नेपाली कामदारको माग बढेको हो ।

प्रतिघण्टा साढे ४ युरो ज्याला पाइने माल्टामा मासिक करिब ८ सय युरो कमाइ हुन्छ । खर्च कटाएर मासिक ४ सय युरो बचत हुने भए पनि विद्यार्थीलाई काम गर्न भने अनुमति छैन ।

आरणले भ्रमणका क्रममा माल्टाको विदेश तथा व्यापार प्रवद्र्धन मन्त्रालयका निर्देशक क्लाउड बोनेलोसँग भेटेका थिए । भेटमा दुई देशबीच सम्बन्ध विस्तार, सहयोग आदानप्रदान, रोजगारी र विद्यार्थीलाई सहज भिसा र काम गर्न अनुमति दिनेबारे छलफल भएको आरणले बताए । नेपाल र माल्टाबीच द्विपक्षीय परामर्श संयन्त्र बनाउन नेपाल सरकार इच्छुक रहेको समेत आरणले अवगत गराएका थिए । माल्टा आप्रवासीका लागि प्रवेश मार्गको रूपमा रहँदै आएको छ । धेरैजसो आप्रवासी युरोपका अन्य मुलुक छिर्न माल्टालाई प्रयोग गर्छन् । ४ लाख जनसंख्या मात्र भएको माल्टा सन् २००४ मा युरोपेली संघको सदस्य बनेको हो ।

युरो–जोनको सबैभन्दा सानो अर्थतन्त्र व्यापार, पर्यटन र उद्योगधन्दामा आधारित छ । ब्रिटेनको पूर्वउपनिवेश माल्टा सन् १९६४ मा स्वतन्त्र भएको हो । नेपाल र माल्टाबीच सन् १९८३ मा दौत्यसम्बन्ध कायम भएको हो । काठमाडौंमा माल्टाको अनरेरी कन्सुलेट रहेको छ भने लन्डनस्थित नेपाली दूतावासले माल्टासम्बन्धी मामिला हेर्दै आएको छ ।

प्रतिक्रिया

Related Post

बिल गेट्सलाई पछि पार्दै अमेजनका जेफ बेजोस बने विश्वकै धनी

Posted by - November 2, 2017 0
वासिङ्टन- अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन्। यसअघि माइक्रोसफ्ट कम्पनी संस्थापक बिल गेट्सलाई…

एक वर्षपछि थाई नरेशको अन्त्येष्टि

Posted by - October 30, 2017 0
कार्तिक ९, २०७४-गतवर्ष निधन भएका थाई नरेशको राजकीय सम्मानका साथ बिहीबार अन्त्येष्टि गरिएको छ । गतवर्ष अक्टोबरमा निधन भएका नरेश…

भारतले ८३ हजार किलोमिटर सडक बनाउँदै

Posted by - October 30, 2017 0
कार्तिक ७, २०७४-भारतको केन्द्रीय सरकारले आफ्नो भूमिमा ८३ हजार किलोमिटरभन्दा लामो सडक/राजमार्ग बनाउने परियोजनालाई स्वीकृति प्रदान गरेको छ । उसले…

नयाँ वर्षको पहिलो हप्ता गुगलमा के-के खोजियो ?

Posted by - January 10, 2018 0
सन् २०१७ मा गुगल सर्च इन्जिनमा सबैभन्दा धेरै सर्च गरिएका शव्दाबलीहरुको सूचि गुगलले यसअघि नै सार्वजनिक गरिसकेको छ । जस…

राष्ट्रपति ट्रम्पको नीजि भवनमा आगलागीः एकको मृत्यु

Posted by - April 8, 2018 0
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नीजि भवन ‘ट्रम्प टावर’ मा आगलागी भएको छ । शनिबार भएको आगलागीमा एकको मृत्यु हुनुको साथै…
%d bloggers like this: