राजपा नेता आमरण अनसनमा

126 0

कार्तिक १३, २०७४-प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार चयनमा पार्टीले निष्ठावान कार्यकर्ताको अवमूल्यन गरेको भन्दै राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल सप्तरीका नेता लक्ष्मण यादव पछिल्लो तीन दिन यता आमरण अनसनमा छन् । राजविराज स्थित गजेन्द्र चौकमा सदभावना पार्टीका संस्थापक अध्यक्ष स्वर्गिय गजेन्द्रनारायण सिंहको सालिक अगाडी यादवले गत शनिवार दिउसोदेखी आमरण अनसनमा बसेका हुन् ।

२०७० सालको संविधान सभा निर्वाचनमा टिकट नदिई आफुसित तात्कालिन आफ्नो पार्टीले धोका गरेको, जनआन्दोलन र मधेस आन्दोलनको अगुवाई गरेपनि पार्टीले मूल्यांकन नगरेको लगायतका सातबुदे माग सहित उनी अनसन बसेका हुन् ।

मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा पार्टीद्वारा टिकट बितरणमा चलखेल भइरहेको आरोप लगाउँदै अनसनरत यादवले टिकट वितरणमा कुनै भेदभाव नगरिजनताको भावना अनुसार समर्पित कार्यकर्ताको मूल्यांकन हुनुपर्ने बताए ।

प्रतिक्रिया

Related Post

गगनलाई भेट्न गएका राजन माथि कांग्रेस कार्यकर्ताद्वारा हातपात

Posted by - December 4, 2017 0
निर्वाचनको लागि आफ्नो प्रतिस्पर्धी रहेको गगन थापा माथि बम आक्रमण भएको समाचार पछि शिक्षण भेट्न शिक्षण अस्पताल पुगेको एमाले नेता…

समानुपातिकबाट ५ दललाई राष्ट्रिय मान्यता, कसले कति सीट पाउलान् ?

Posted by - December 13, 2017 0
काठमाडौं, २७ मंसिर– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ सबै १६५ निर्वाचन क्षेत्रका मतपरिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक भएको परिणामअनुसार नेकपा एमालेले…

निर्वाचन सुरक्षामा चुनौती, सिंचाई मन्त्री लक्षित गरी बम विष्फोट

Posted by - November 16, 2017 0
सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मदवार अमरसिंह पुनलाई निशाना बनाई रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा लक्षित गरी बम विष्फोट भएको छ…

‘ब्रेक फेल’ बस दुर्घटनाबाट बचाउनेको बयान ‘रोक्ने भन्दा कहाँ ठोक्ने सोच आयो’

Posted by - February 5, 2018 0
डेढ दशकदेखि सवारीसाधन चलाइरहेका छत्र कार्की (३७) का लागि गाडी र सडक नौला होइनन् । गएको शुक्रबार भने कार्कीका लागि…
%d bloggers like this: