Donald Trump

डीभी चिठ्ठा प्रणाली नै रद्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

294 0

काठमाडौं, कात्तिक १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिट्ठा प्रणालीबाट अमेरिकामा आतंकवादी भित्रिएको दाबी गर्दै अब यो प्रणाली नै रद्द गरिने बताएका छन् ।

Donald Trump

ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएसँगै आतंकवादी संगठनसँग जोडिएका देशका डीभी परेका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।

उनले आफ्नो ट्वीटमा अमेरिकामा आतंकवादी समस्या बढ्नुमा डीभी चिट्ठा मुख्य कारण भएको उल्लेख गरेका छन् ।

सन् १९९० मा आप्रवासी भित्र्याउने कानुन बनाएपछि डीभी चिट्ठालगायत अरु सुविधा दिएर अमेरिकाले आप्रवासीलाई स्थायी बसोबास दिँदै आएको छ ।

अमेरिकाले पछिल्लो १० वर्षमा झन्डै ५ लाख आप्रवासीलाई ग्रीनकार्ड दिएको छ । ट्रम्पले डेमोक्रेटले सुरु गरेको यो प्रणाली रद्द गर्ने प्रस्ट गरेका हुन् ।

न्यूयोर्कमा साइकल लेनमा ट्रक चढाएर ८ जनाको हत्या गर्ने चालक सेफुलो साइपोव सन् २०१० मा डीभी चिट्ठा परेर उज्वेकिस्तानबाट अमेरिका पुगेको पत्ता लागेपछि ट्रम्प आक्रोशित बनेका हुन् ।

राष्ट्रपति ट्रम्पले डीभी चिट्ठालाई अमेरिकी सिनेटर ‘चक समरको सुन्दरता’सँग तुलना गरेका छन् । चक समर डेमोक्र्याट सिनेटर हुन् । उनी डीभी चिट्ठाको पक्षमा छन् । (एजेन्सी)

tweet

प्रतिक्रिया

Related Post

पोखरामा वामगठबन्धन उम्मेदवारको गाडी तोडफोड

Posted by - November 8, 2017 0
वामगठबन्धनका तर्फबाट कास्की जिल्लाको क्षेत्र नम्बर ३ का उम्मेद्वार जगत विश्वकर्माले प्रयोग गर्ने गाडी मंगलाबार साझँ तोडफोड भएको छ। उनले…

विमान दुर्घटनामा ज्यान गुमाएका पौडेलको शव पोखरा ल्याईयो, आजै अन्त्यष्टी गरिने

Posted by - March 19, 2018 0
पोखरा, चैत ५ । फागुन २८ गते सोमबार काठमाडौमा भएको विमान दुर्घटनामा परि ज्यान गुमाएका पोखराका सञ्जय पौडेलको शव पोखरा…

गौचन हत्याकाण्डका मुख्य आरोपी समिरमान बस्नेत पक्राउ

Posted by - December 3, 2017 0
मंसिर १७, २०७४-निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका मुख्य योजनाकार समीरमान बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय…
%d bloggers like this: