जिएमसीमा सुत्केरी मृत्यु प्रकरण

145 0

पोखरा, १८ कात्तिक । पृथ्वीचोक नजिकै नयाँबजार सडकखण्डमा शनिबार मध्यान्ह गाडी चल्न सकेनन् । प्रहरीले आफ्नै भ्यानले बलजफ्ती गरेपछि मात्र यातायात आवागमन खुला भयो ।

गण्डकी मेडिकल कलेज (जिएमसी) मा शुक्रबार सुत्केरीको ज्यान गएपछि उक्त सडक खण्डमा मृतकका परिवार र आफन्तले विरोधस्वरुप टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले उपचारमा संलग्न चिकित्सकलाई कारबाही माग गर्दै नाबालकको शिक्षा, स्वास्थ्यदेखि सबै संरक्षणको जिम्मा र मान्य हुने क्षतिपूर्र्ति माग गरेका छन् ।

गत कात्तिक १० मा स्याङ्जा अर्जुनचौपारीकी १९ वषीया गीता अर्याल सुत्केरी गराउन अस्पताल भर्ना भएकी थिइन् । उनको शल्यक्रियामार्फत भोलिपल्ट छोरो जन्मिएको थियो । सुत्केरीपछि बेहोस भन्दै ६ दिनसम्म उनलाई भेन्टिलेटरमा राखिएकोमा कात्तिक १७ गते बेलुका मृत घोषणा गरिएको थियो । उनले जन्माएको नवजात शिशु सकुशल छन् । उनका श्रीमान् कृष्ण अर्याल वैदेशिक रोजगार क्रममा दुर्वईमा रहेको आफन्तले बताए । अर्याल दम्पत्तिको गत वर्ष मंसिरमा मात्र बिहे भएको हो ।

शनिबार मध्यान्ह नयाँबजार सडकखण्डमा यातायात बन्द गरी टायर बालेर अस्पताल, प्रशासन र प्रहरी विरुद्ध उनीहरुले चको नाराबाजी गरे ।

अस्पताल प्रशासनसँग मिलेमतो भएको आरोप लगाउँदै आक्रोशित भिडले प्रहरी र प्रमुख जिल्ला अधिकारीविरुद्ध नाराबाजी गरे । आक्रोशित भिडको अस्पताल गेटबाट छिरी तालाबन्दी गर्ने प्रयास असफल भयो । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित थिए । केहीक्षण घम्साघम्सी नै भयो । प्रहरीले बल प्रयोग गरी बन्द नयाँबजार सडक खुलायो भने दुर्इ जनालाई भ्यानमा हालेर लगेपछि भिड तितरबितर बनायो । जिल्ला प्रहरी कार्यालयबाट डिएसपी, वडा प्रहरी कार्यालय बैदाम, बगरका प्रमुख समेत आएर भिड तितरबितर बनाएका थिए । स्कुटरमा नजिकै पुगेका पत्रकारमाथि पनि युवाहरुले दुर्र्व्यवहार गरेका थिए । पत्रकार इश्वरी पौडेलमाथि तीन चार जना युवा जाईलाग्दा जानेबुझेका व्यक्ति आएपछि घटना साम्य भयो । भ्यानमा हालेर लगेकालाई केही क्षणपछि नै तत्स्थानमा ल्याएर छाडिएको थियो ।

सुत्केरी हुँदैमा अस्पतालको लापरबाहीले उनको मृत्यु भएको र एक हप्तासम्म बेहोस् भन्दै घटना लुकाएको पीडितको आरोप छ । पीडित पक्ष माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडानमा छ । मृतकका जेठाजु राजन अर्यालले कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले आइतबार बिहान १० बजेपछि जिल्ला प्रशासन कार्यालयमा आउनू भनेकाले प्रदर्शन रोकेको जनाए । ‘अस्पताल प्रशासन घटनाप्रति गैरजिम्मेवार हुनु र सिडिओले निवेदन समेत फर्काइदिएकाले हामीलाई भर छैन’-उनले भने-‘आइतबार पनि हाम्रा माग पूरा नभए कडा आन्दोलनमा उत्रिनुको विकल्प छैन ।’

यता, अस्पताल प्रशासनले उपचारमा आफूहरुको लापरबाही नभएको भन्दै छानविन समिति बनाउन र समितिको निष्कर्ष अनुसार अघि बढ्न तयार रहेको प्रष्ट पारेको छ ।

प्रतिक्रिया

Related Post

६ बजे डाक्टरले बच्चालाई ईन्जेक्सन लगाए ८ बजे बच्चाको मुत्यु,बच्चाको मृत्यु भएको विषयमा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा तनाब

Posted by - April 9, 2018 0
गत बिहिबार पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा बच्चाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरु आइतबार पुन भेला भएका हुन् । डाक्टरको लापरबाहिका…
%d bloggers like this: