कतारमा सुनिए उपेन्द्र

124 0

कार्तिक २३, २०७४-कवि उपेन्द्र सुब्बाले कतारको राजधानी दोहामा एकल सिर्जना वाचन गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), नवोदित साहित्यिक वाचनालय, मुग्लानी सौगात नेपाली कला केन्द्र र गैरआवासीय नेपाली संघ कतारले गरेको ‘अनेसास नवोदित वाचन डबली’ मा सुब्बा प्रस्तुत भएका हुन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती अवसरमा आयोजित कार्यक्रममा सुब्बाले ‘सायद,’ ‘जँडयाहाको तर्क,’ ‘समान अन्तर,’ ‘आमाको नाम,’ ‘ढुंगाको मन,’ ‘भेडेटारको पिकनिक,’

‘मेरो आमाको नाम,’ ‘ना४ख ४३८५,’ ‘ख्यालीमा हारेको धुर्ब,’ ‘अँध्यारोको गीत,’ र ‘कृष्णेले बिहे गरेछ’ लगायत दर्जनभन्दा बढी कविता प्रस्तुत गरे ।

‘कतार मेरो भाग्यमा रहेनछ,’ कविता प्रस्तुत गर्ने बेलामा उनले भने, ‘सन् १९९८ मा कतारमा काम गर्न आउन दुई पटक प्रयास गरेँ । तर, दुवै पटक सफल भइनँ ।’

‘खोलाको गीत’ र ‘लाटो पहाड’ जस्ता कृतिका सुब्बालाई सिर्जना वाचनबापत् ५० हजार रुपैयाँ पारिश्रमिक पनि दिइयो । कार्यक्रममा फिल्म निर्देशक प्रकाश आङदेम्बेको ‘देश खोज्दै जाँदा’ को विशेष सोसमेत गरियो । स्रष्टा हरिविनोद अधिकारीको एल्बम ‘पञ्चे बाजा’ को लोकार्पण पनि गरियो ।

कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव हरिप्रसाद अर्याल र डबली संयोजक श्यामराज रानाभाटले प्रवासमा नेपाली साहित्यको विकास भइरहेको बताएका थिए ।

प्रतिक्रिया

Related Post

नचाउँदै चेपाङ गायक

Posted by - October 30, 2017 0
कार्तिक १३, २०७४-राक्सिलोहाङ वेराती तुङचु गदरी, निक्तोमार सररर प्याङचे ल्यामसै आल्च मनहरी… चेपाङ गीतका उपर्युक्त पंक्तिले भन्छन्— सालको पातमा बेरेर…

सिरुमारानी

Posted by - February 23, 2018 0
पोखरा थिएटरमा सरुभक्त श्रेष्ठद्वारा रचित नाटक ‘सिरुमारानी’ मञ्चन भैरहेको छ । फागुन २ गतेदेखि १५ गतेसम्म हरेक साँझ मञ्चन हुने…

जब आँचल परिन् अपहरणमा

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-शुक्रबार साँझ वीरगन्ज नजिकको पर्सागढी नगरपालिकास्थित एक पुरानो हवेलीको आँगनबाटै अभिनेत्री आँचल शर्मा अपहरणमा परिन् । सेतो पिकअप…
%d bloggers like this: