‘भयरहित वातावरण बनाउनोस्’

101 0

कार्तिक २३, २०७४-प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आममतदातालाई भयरहित ढंगले मतदान गर्ने वातावरण बनाउन निर्देशन दिएका छन् । उनले प्रदेश २ का सुरक्षा अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् । गृह मन्त्रालयद्वारा बुधबार यहाँ आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै देउवाले भने, ‘सार्वभौम जनताको मतदान गर्ने अधिकार सुनिश्चित गर्नोस् ।’ आममतदातालाई उनीहरूको इच्छाअनुसारको पार्टीमा मतदान गर्ने अधिकार भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मतदाताको यो अधिकारलाई समेत सुनिश्चित गर्न निर्देशन दिए ।

‘मधेसीको पक्षमा संविधान संशोधन’

कांग्रेस सभापतिसमेत रहेका देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई मतदान गरे मधेसीको पक्षमा संविधान संशोधन हुने बताएका छन् । धनुषामा बुधबार आयोजित अगुवा कार्यकर्ता भेलामा उनले आफ्नो पार्टी मधेसी जनताको पक्षमा संविधान संशोधन गराउन प्रतिबद्ध रहेको र त्यसका लागि दुई तिहाइ बहुमत चाहिने बताए । ‘मधेसमा अझै पनि गरिबी छ । पछौटेपन छ । मधेसी जनताले संवैधानिक अधिकार पनि कम पाएका छन् । यी समस्याहरूको समाधान संविधान संशोधनबाट मात्र सम्भव छ,’ उनले भने ।

 

प्रतिक्रिया

Related Post

डीभी चिट्ठाले रुवायो, जेलको हावा खुवायो !

Posted by - November 22, 2017 0
अमेरिकी डाइभरसिटी भिसा अर्थात डीभी पर्दा नरमाउने नेपाली कमै होलान् । एउटा समृद्ध देशमा जान पाइने, पैसा कमाउन पाइने, गुणस्तरीय…

मस्ट वान्टेड कोरियाली पोखरामा पक्राउ

Posted by - February 23, 2018 0
काठमाडौं : अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेका दक्षिण कोरियाली नागरिक सेउङ वन ली पोखरामा पक्राउ परेका छन्।अवैध…

गुप्तचर रिपोर्टको दाबी, एमालेको सय सिट, कांग्रेस सय सिट नजिक, राप्रपा मासिने

Posted by - December 4, 2017 0
पहिलो चरणको निर्वाचनअगावै राष्ट्रिय अनुसन्धान विभागले प्रक्षेपण गरेको एक निर्वाचनसम्बन्धी प्रतिवेदन बाहिरिएको छ । रिपोटर्स नेपालका अनुसार रिपोर्टमा एमाले सबैभन्दा…

देशभर ८८४ जना सांसद

Posted by - December 1, 2017 0
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै मुलुकले आठ सय ८४ जना सांसद पाउनेछ । प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचन १०…

फागुन २५ र २६ नेपाल बन्द, अवज्ञा गर्नेले बेलुका सोच्नुहोला ! कमजोरी कस्को सरकारको कि जनता को

Posted by - March 7, 2018 0
अर्थ संसार, काठमाडौं– पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ्ग समूहद्धारा यही फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान गरिएको छ…
%d bloggers like this: