रेल मार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरामा

109 0

कार्तिक २३, २०७४-नेपालमा रेल मार्गको सम्भावनाबारे अध्ययन गर्न आएको चिनियाँ उच्च प्राविधिकसहितको टोली बुधबार पोखरा आएर अध्ययन गरेको छ ।

चिनियाँ राष्ट्रिय रेल्वे प्रशासनका उपप्रमुख चेङ चियान नेतृत्वको २३ सदस्यीय टोलीले पोखराको बिरौटा, हेम्जा र विजयपुर क्षेत्रमा सम्भावित रेल्वे स्टेसनबारे अध्ययन गरेको हो । भौतिक निर्माण तथा यातायात मन्त्रालय रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले टोलीले सम्भावित क्षेत्रको स्थलगत अध्ययन गरेको बताए । साथै काठमाडौंदेखि पोखरासम्म पहाडी क्षेत्र भएकाले भौगोलिक अवस्थाबारेसमेत जानकारी टोलीले लिएको छ । पुल, सुरुङलगायत पक्षमा पनि विज्ञ टोलीको अध्ययनभित्र परेको छ ।

‘काठमाडौं–पोखरा रेलमार्गको यसअघि नै अध्ययन भइसकेको छ,’ उनले भने, ‘टोलीले लागत र डिजाइनलगायत एउटा खाका तयार पार्नेछ र अन्तिम रूप दिनेछ ।’ धादिङको गल्छीसम्म पृथ्वी राजमार्गसँगै समानान्तर त्यसपछि टोखासम्म अर्कै रुट भएर रेल लैजान सकिने यसअघिको अध्ययनमा छ । यसको लम्बाइ १ सय ८७ किलोमिटर छ ।

यो प्रतिघण्टा दुई सय किलोमिटर दौडने द्रुतगतिको रेलको डिजाइन गरिएको छ । ‘यो प्रारम्भिक अध्ययन मात्रै हो,’ उपाध्यायले भने, ‘चीनले लगानी गर्ने/नगर्ने यकिन भएको छैन । तर, चिनियाँ सरकारी अधिकारीसहितको यो विज्ञ टोली सकारात्मक भएको पाएको छु । आशा गर्ने ठाउँ प्रशस्त छ ।’

पोखरा–लुम्बिनी भने अध्ययन भएको छैन । भूगोल र लागतका कारण पोखरा हुँदै भन्दा पनि मुग्लिङबाट लुम्बिनी लैजाने सोचसमेत चिनियाँको छ । टोली बुधबारै काठमाडौं फर्किएर बिहीबार लुम्बिनी जाने योजना छ । टोली मंगलबार रसुवाको स्याफ्रुबेंसी पुगेर फर्किएको थियो ।

प्रतिक्रिया

Related Post

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

Posted by - November 19, 2017 0
काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक…

देशभर ८८४ जना सांसद

Posted by - December 1, 2017 0
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै मुलुकले आठ सय ८४ जना सांसद पाउनेछ । प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचन १०…

प्रकाश दाहाल गम्भीर बिरामी

Posted by - November 19, 2017 0
मंसिर ३, २०७४-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश (साकार) दाहाल गम्भीर बिरामी परेपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ…

पक्राउ परे गौचनको हत्यारा, पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

Posted by - November 14, 2017 0
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने…
%d bloggers like this: