विपिनको लुक्स दयाहाङको डान्स

52 0

कार्तिक २३, २०७४-बुधबार युट्युब नेपालको ट्रेन्डिङ लिस्टमा फिल्महरूको वर्चस्व रह्यो । ट्रेलर , टिजर, गीत र सिंगो फिल्म नै ट्रेन्डिङमा देखिए । टप पाँचभित्र चारवटा त फिल्मसम्बन्धी कन्टेन्ट थिए । छैटौं, बाह्रौं र सोह्रौं स्थानमा पनि फिल्महरू नै देख्न सकिन्थ्यो ।

नेपाल ट्ेरन्डिङको पहिलो नम्बरमा सलमान खान अभिनीत ‘टाइगर जिन्दा है’ को ट्रेलर रह्यो भने, दोस्रो नम्बरमा नेपाली फिल्म ‘नाका’ को टिजर देखियो । चार दिनअघि युट्युबमा राखिएको ‘नाका’ को भिडियो हेरेर धेरैले कलाकार विपिन कार्कीलाई बधाई दिएका छन् । एक मिनेट ३२ सेकेन्डको टिजरमा एक लाखभन्दा बढी भ्युज र दुई सय कमेन्ट आएका छन् । ‘भस्मे डनजस्तो कलाकारको खाँचो छ नेपाली फिल्म क्षेत्रलाई,’ मानव बस्यालले लेखेका छन् । दिनेश भण्डारीले चाहिँ विपिनलाई नेपाली जोनी डेप भन्न रुचाएका छन् ।

अमित श्रेष्ठ निर्देशित फिल्ममा विपिनको हेयर स्टाइलले पनि चर्चा पाइरहेको छ । ‘अनौठो लुक्स र भर्सटायल एक्टिङले सधैं हामीलाई ट्वाँ पारिरहनुहुन्छ,’ हेमन्त त्रितालले लेखेका छन्, ‘ग्रेट म्यान, लभ यु अल्वेज ।’ फिल्ममा थिन्ले ल्हामु, रविन तामाङ, शिव मुखिया, प्रकाश गन्धर्वलगायतले अभिनय गरेका छन् ।

 

प्रतिक्रिया

Related Post

साली कस्को भेनाको

Posted by - January 14, 2018 0
नेपाली समाजमा चल्तीको भनाई छ ‘साली कस्को भेनाको’ भन्ने । अब यहि चल्तीको भनाईलाई टाईटल बनाएर चलचित्र निर्माण हुने भएको…

जब आँचल परिन् अपहरणमा

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-शुक्रबार साँझ वीरगन्ज नजिकको पर्सागढी नगरपालिकास्थित एक पुरानो हवेलीको आँगनबाटै अभिनेत्री आँचल शर्मा अपहरणमा परिन् । सेतो पिकअप…

नाङ्गै खानपिन गरौं

Posted by - January 12, 2018 0
निवस्त्र हिँड्डुल गर्न चाहनेहरूको जमात बिस्तारै बढ्दै गएको छ । पहिले समुद्र तटमा निर्वस्त्र हुन चाहनेहरू बिस्तारै सहरभित्र पनि प्रवेश…

सकियो ‘भोर’ को छायांकन

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-निर्देशक यादवकुमार भट्टराईको नेपाली फिल्म ‘भोर’ को छायांकन सम्पन्न भएको छ । मधेसको प्रमुख सामाजिक समस्या दाइजोमा आधारित…

विवाहपछि खुसी रहन चाहानुहुन्छ ? अब यी तरिकाहरु अपनाउनुहोस्

Posted by - November 23, 2017 0
धेरै नेपालीले बिहेका लागि मंसिर महिना कुरेर बसेका हुन्छन् । यसै पनि मंसिर लगनको महिना हो । मंसिर सुरु भएसँगै…
%d bloggers like this: