आर्मी र पुलिस हाबी

104 0

कार्तिक २४, २०७४-त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार सुरु ५० औं राष्ट्रिय कराँतेमा पहिलो दिन त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबका खेलाडीले ४–४ स्वर्ण पदक जितेका छन् ।

९ स्वर्णको छिनोफानो हुँदा अर्को विभागीय टोली एपीएफले एक स्वर्ण जित्यो । महिला ५० केजी तौलमा अनु अधिकारीले एपीएफलाई स्वर्ण दिलाइन् । सागकी रजत पदक विजेता उनले फाइनलमा पश्चिमाञ्चलकी उर्मिला दर्लामीलाई ११–२ अंकले पन्छाइन् । पूर्वाञ्चलकी प्रीति बस्नेत र पुलिसकी कोपिला विष्ट तेस्रो भए ।

पुलिसकी मल्लिका थापा ५५ केजीमा च्याम्पियन बनिन् । उनले फाइनलमा एपीएफकी मनीषा चौधरीलाई १०–२ ले हराइन् । पश्चिमाञ्चलकी अन्जली बिक र पूर्वाञ्चलकी विद्याकला राई तेस्रो भए । पुरुष एकल कातामा आर्मीका पर्शुराम बाँस्तोलाले स्वर्ण जिते । एपीएफका पूर्व खेलाडी उनले पाँचौंदेखि सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका थिए । एपीएफका गुबीराम घले दोस्रो हुँदा मध्यमाञ्चलका यानोज महर्जन र प्रहरीका मन्डकोजी श्रेष्ठ तेस्रो भए । महिला कातामा पुलिसकी निर्मला तामाङले स्वर्ण जितिन् । पश्चिमाञ्चलकी विमला नेपाली दोस्रो भइन् । मध्यपश्चिमकी एलिना थापामगर र मध्यमाञ्चलकी ज्योति गिरी तेस्रो भए । पुरुष टिम कातामा आर्मी पहिलो, सुदूरपश्चिम दोस्रो तथा एपीएफ र मध्यमाञ्चल तेस्रो भए । महिलातर्फ पुलिसले स्वर्ण र मध्यमाञ्चलले रजत जिते । एपीएफ र सुदूरपश्चिमले कांस्य पाए ।

कुमुतेको पुरुष ४५ केजीमा आर्मीका आकाश पाल विजेता भए । फाइनलमा उनले पश्चिमाञ्चलका बलराम अधिकारीलाई ११–४ ले पराजित गरे । सुदूरपश्चिमका सागर विक र मध्यपश्चिमका सुरज नेपाली तेस्रो भए । ५० केजी तौलमा आर्मीकै मणिकुमार सुनुवारले फाइनलमा पुलिसका सोनाम लामालाई प्रतिस्पर्धात्मक खेलमा ९–८ अंकले हराउँदै स्वर्ण जिते । एपीएफका लक्ष्मण तामाङ र पूर्वाञ्चलका विवेक थापा तेस्रो भए । ६० केजी तौलमा पुलिसका रवीन्द्र कार्कीले स्वर्ण जिते । उनले पूर्वाञ्चलका सन्तोष राईलाई १२–५ को स्कोरमा हराए । सेनाका सनी चौलागाईं र सुदूरपश्चिमका दिनेश पनेरु तेस्रो भए ।

दुईदिने प्रतियोगितामा ५ क्षेत्र र ३ विभागीय गरी ८ टोलीको सहभागिता छ । महिलामा ७ र पुरुषमा ८ तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ । हरेक विधाका स्वर्ण विजेता राष्ट्रिय टिमका लागि छनोट हुनेछन् ।

आयोजक नेपाल कराँते महासंघले प्रतियोगिता उद्घाटनका क्रममा राखेपमा ५८ वर्ष पूरा गरी अनिवार्य अवकाश पाएका कराँतेका पूर्व मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठ र पूर्व सहायक मुख्य प्रशिक्षक अकबर शाहलाई सम्मान गरेको थियो ।

प्रकाशित: कार्तिक २४, २०७४

 

 

प्रतिक्रिया

Related Post

सन्दीप बने आइपिएल खेल्ने पहिलो नेपाली

Posted by - January 28, 2018 0
काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा परेका छन् । नेपाली…

धरानलाई हराउँदै तरहरा सिक्स ए साईडको अन्तिम चारमा प्रवेश

Posted by - October 27, 2017 0
छिमेकी धरानलाई हराउँदै तरहरा मोरङको बयरबनमा जारी पूर्वाञ्चलस्तरीय फुटसल सिक्स ए साइड फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। कपमा युवा मिलन…

क्रोएसिया विश्वकप नजिक – एएफपी, जाग्रेब

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-क्रोएसिया अर्को वर्ष रुसमा हुने विश्वकपमा छनोटको नजिक पुगेको छ । बिहीबार रातिको छनोट प्ले अफ पहिलो लेगमा…

श्रीलंकाविरुद्ध पाकिस्तानको ७ विकेटले जीत

Posted by - October 30, 2017 0
कार्तिक १०, २०७४-वान डे क्रिकेटमा प्रभुत्व कायम राखेको पाकिस्तानले श्रीलंकाविरुद्ध बिहीबार रातिको पहिलो ट्वान्टी ट्वान्टीमा पनि ७ विकेटको सजिलो जीत…
%d bloggers like this: