एनआईबीएल क्यापिटल र एस क्यापिटल गाभिँदै

47 0

काठमाडौं, (नेस)
एनआईबीएल क्यापिटल मार्केट्स र एस क्यापिटलबीच एक आपसमा गाभिने सम्बन्धी सम्झौता भएको छ। बिहीबार सम्पन्न सम्झौतामा एनआईबीएल क्यापिटलका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवाल र एस क्यापिटलका तर्फबाट सञ्चालक समितिका अध्यक्ष रविन सिजापतीले हस्ताक्षर गर्नुभएको छ।

एस क्यापिटल लिमिटेडको मुख्य कम्पनी एस डेभलपमेन्ट बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्ति गरी सो बैंकमा समाहित भएको हुनाले एनआईबीएल र एस क्यापिटल दुवै संस्था हाल नेपाल इन्भेष्टमेन्ट बैंकको शतप्रतिशत लगानी रहेको हुँदा गाभिएका हुन्।

उक्त बैंकको सहायक कम्पनी हुन गएको र नेपाल धितोपत्र बोर्डको नीति निर्देशनले समेत एकै मुख्य कम्पनीको एकै उद्देश्य र प्रकृतिका दुई सहायक कम्पनी भएमा एक–आपसमा गाभ्नु⁄गाभिनु पर्ने व्यवस्था बमोजिम एक तुल्याइएको हो। दुई कम्पनी गाभिएपछि चुक्ता पुँजी २७ रुपियाँ करोड पुग्नेछ।

प्रतिक्रिया

Related Post

नेपाल केरामा आत्मनिर्भर बन्न अझै सकेन: भारतबाट दैनिक ४० टन केरा भित्रिदै !!

Posted by - November 15, 2017 0
असोज २८,बाँके : नेपालगञ्ज नाका भएर दैनिक सरदर ४० टन केरा नेपाल भित्रिने गरेको छ। चाडवाडका बेला दैनिक ४० गाडीसम्म केरा…

आजदेखि ब्याजदर करिडर, अन्तरबैंक ब्याजदर ५% माथि नभए बजारमा पैसा नपठाइने

Posted by - November 15, 2017 0
काठमाण्डौ । चालुु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिएको चार महिनापछि नेपाल राष्ट्रबैंकले बुधबार(आज)देखि ब्याजदर करिडर लागूू गरेको छ ।…

गेजुवासँगको सम्झौता खारेज

Posted by - November 14, 2017 0
कार्तिक २८, २०७४-दुई संसदीय समितिको निर्देशन टेक्दै मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चिनियाँ कम्पनी गेजुवा गु्रपसँग भएको सम्झौता खारेज…

हिमालयन जनरल इन्स्योरेन्स: २६ लाखले नाफा बढ्दा जगेडाकोषमा १.९ करोडको पहिरो

Posted by - November 16, 2017 0
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २३ लाख खूद नाफा आर्जन गरेको छ ।…
%d bloggers like this: