कांग्रेससँग सति जान नसक्ने भन्दै केन्द्रको निर्देशन मानेन कास्की राप्रपाले

107 0

पार्टी केन्द्रको निर्देशन विपरित राष्टिय प्रजातन्त्र पाटी कास्कीले आगामी मंसिर २१ गते हुने केन्द्र तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो उम्मेदवारी कायम रहने जनाएको छ ।पार्टी जिल्ला कमिटी कास्कीले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि आफनो उम्मेदवार फिर्ता नहुने जानकारी दिएको हो ।

आफनो पार्टी कांग्रेससंगको भद्र सहमती अनुसार सरकारमा गएको र निर्वाचन सफल बनाउन समेत सहयोग गरेको भन्दै कास्की अध्यक्ष जयलाल पुनले आउँदो मंसिर २१ गते हुने निर्वाचनमा केन्द्रको लागि ७ र प्रदेशका लागि २७ सिट छाड्ने सहमती भएको बताए ।अन्त्यमा कांग्रेसले केन्द्र तथा प्रदेशमा ४/४ गरि जम्मा ८ सिटमात्र आफनो पार्टीलाई छाडेकाले कास्की जिल्लासगै देशभर पाटीको उपस्थिती कमजोर हुने र समानुपातिकका लागि मत माग्न समेत कठिनाइ हुने देखेपछि कास्कीमा आफनो उम्मेदवारी कायम रहने बताए ।

केन्द्र तथा प्रदेशमा ४/४ गरि जम्मा ८ सिटमात्र पार्टीले लिएर अगाडि बढेको खण्डमा राष्ट्रिय पार्टी बन्न तथा केन्द्रमा ३ र प्रदेशमा १.५ प्रतिशत थेस्र होल्ड मत प्राप्त गर्न कठिनाइ हुने बताउँदै अध्यक्ष पुनले प्रजातान्त्रि गठबन्धका नाममा कांग्रेससंग सति जाने कुरा भएन भन्दै कास्कीमा आफनो पार्टीको उम्मेदवारहरुको उम्मेदवारी कायम रहने बताए ।कास्कीका ३ केन्द्रीय सभाका लागि उम्मेदवारी नदिएको राप्रपाले प्रदेशका ६ मध्ये ६ वटैमा उम्मेदवारी दिएको भएपनि कास्की क्षेत्र नम्बर १ ख का उम्मेदवारले नाम फित्र्ता लिएपछि अन्य ५ जना उम्मेदवारहरु कायम रहेका छन् ।

उनले कास्कीमा केन्द्रको निर्देशन बमोजिम केन्द्रका लागि उम्मेदवारी नदिएको र प्रदेशसभाका लागि कांग्रेस कास्कीसँग आपसी छलफल हुँदा कुनै पनि क्षेत्रमा समन्वय हुन नसकेपछि आफुहरु धेरै सोच बिचारका साथ चुनावी मैदानमा होमिन बाध्य भएको पुुनको भनाई थियो ।

प्रतिक्रिया

Related Post

वाम गठवन्धनको आरोपः कांग्रेस दलाल, राजपा आत्मसमर्पणवादी, राप्रपा सामन्तवादी

Posted by - November 3, 2017 0
१७ कात्तिक, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनताविरोधी रहेको टिप्पणी गरेका छन्…

राम कार्कीको बाचाः झापाका सडक अफ्रिकन सुन्दरीको गालाजस्तै बनाउँछु ! ‘विश्वप्रकाश भाइले गाउँमा घुमेर के गर्ने ?

Posted by - November 16, 2017 0
३० कात्तिक, झापा । माओवादी नेता एवं झापा क्षेत्र नम्बर १ का उम्मेदवार राम कार्कीले मजदुरहरुको तलब दोब्बर वृद्धि गर्ने…

कांग्रेस खराब पार्टी हो, अरु दुई पार्टी झनै खराब छन्- प्रदीप गिरी

Posted by - December 3, 2017 0
१७ मंसिर, लहान (सिरहा)। प्रदीप गिरीको लहान नगरपालिका १४ स्थित अस्थायी निवासमा पुग्दा उनको कोठा अस्तव्यस्त थियो । गिरी सहयोगीहरुलाई…

केन्द्रमा ५०–५० हुनुपर्छ, जिल्लाहरुमा छलफल गर्न सकिन्छ : प्रचण्ड

Posted by - April 8, 2018 0
काठमाडौं, २५ चैत्र । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता हुँदा केन्द्रमा एमाले र माओवादीको ५०–५० प्रतिशतकै…

कांग्रेसलाई ओलीको सुझावः जनताले पत्याउने आरोप लगाऊ

Posted by - November 16, 2017 0
३० कात्तिक, स्याङजा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ वर्षअघि एमालेले सरकार बनाए बुढाबुढीलाई मार्छ भन्ने कांग्रेसले अहिले…
%d bloggers like this: