काठमाडौं-८ : ‘किल्ला’ जोगाउने र भत्काउनेको लडाइँ

33 0

काठमाडौं : बहुदलकालका तीन चुनावमा तीनैपल्ट लालकिल्ला तर पछिल्ला दुई संविधानसभा चुनावमा लगालग कांग्रेसको वर्चश्व । काठमाडौं-८ को चुनावी माहोल तताउन इतिहासका यी दुई दृष्टान्त पर्याप्त छन् । कांग्रेसका नवीन्द्रराज जोशी र एमालेका जीवनराम श्रेष्ठ यही ‘दृष्टान्त दोहोर्‍याउने’ योजनामा छन् । ०६४ र ०७० को संविधानसभा निर्वाचन जितेका जोशीसामू श्रेष्ठको बलियो चुनौती छ । ०४८, ०५१ र ०५६ सालको आमनिर्वाचनमा भने यो क्षेत्र एमालेले जितेको थियो । जोशी ह्याट्रिक गर्ने तयारीमा छन् भने श्रेष्ठ कांग्रेस ‘किल्ला’ भत्काउने सुरमा ।

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४८ सालमा भएको पहिलो आमनिर्वाचनमा गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालकी पत्नी सहाना प्रधानबीच यो क्षेत्रमा प्रतिस्पर्धा भएको थियो। त्यसबखत प्रधान विजयी भइन्। त्यसपछि २०५१ सालको मध्यावधिमा एमालैकै राजेन्द्र श्रेष्ठ र २०५६ को आमनिर्वाचनमा पनि एमालेकै मंगलसिद्धि मानन्धरले विजय पाए।

यतिखेर जोशी र श्रेष्ठ दुवै आ-आफ्नो जितमा ढुक्क देखिएका छन्। क्षेत्र ८ को निर्णायक मानिएको १५ नं. वडाको डल्लु आवास क्षेत्रमा बिहीबार घरदैलो गर्दैगर्दा भेटिएका कांग्रेस उम्मेदवार जोशीले आफू जित्नेमा ढुक्क रहेको बताए। ‘राजनीतिक र सामाजिक रूपमा समर्पित भएका व्यक्तिलाई यहाँका जनताले राम्ररी छुट्याउने छन्, मैले यो समाजका लागि के-कस्तो काम गरेको छु भन्ने उनीहरूले हेरिरहेकाले मलाई न्याय गर्ने छन् भन्नेमा विश्वस्त छु’, उनले भने।

जोशीले डल्लु आवास क्षेत्रमा बुधबार मात्रै चुनाव प्रचार-प्रसार समितिको कार्यालय स्थापना गरी औपचारिक रूपमा चुनावी अभियान थालेका छन्। जोशीले डल्लु आवास क्षेत्रबाट घरदैलो थाल्दै गर्दा प्रतिस्पर्धी एमालेका श्रेष्ठ भने अनौपचारिक भेटघाटमै व्यस्त छन्। उनले औपचारिक रूपमा घरदैलो अभियान सञ्चालन नथाले पनि वडा नं. १५ को कार्यालय प्रांगणमै मतदातासँग मत माग्न थालिसकेका छन्। ‘अब हामी पुरानो इतिहास कायम राख्ने छौं। यो क्षेत्रमा वामपन्थीको फूल फुलिसक्यो, त्यसलाई गोडमेल गर्ने तयारी थालिसकेको छु’, उनले भने।

श्रेष्ठले २०४८ देखि २०५६ सालसम्म आठ नम्बर क्षेत्रमा वामपन्थी हावी हुँदै आए पनि बीचमा पार्टी विभाजनका कारण केही समय अरुले अवसर पाएको दाबी गरे। ‘यो क्षेत्र भनेको वामपन्थीलाई अत्यधिक माया गर्नेहरूको आधारभूमि हो। हामी २०४८ सालदेखि निरन्तर जित्दै आएका हौं। २०६४ र २०७० मा वामपन्थीको भोट बैंक विभाजित हुँदा हार्नुपरेको हो’, उनले भने।

कांग्रेसका उम्मेदवार जोशीले भने वामपन्थी गठबन्धनले आफूहरूको जितमा कुनै असर नगर्ने बताए। ‘मेरो जित निश्चित छ, यहाँका मतदाताले मलाई असाध्यै माया गर्नुहुन्छ। म अहिले भर्खरै घरदैलो गरेर आएँ, मलाई लाग्छ यति रेस्पोन्स र माया पाउने कमै व्यक्ति हुन्छन्’, जोशीले आफ्नो जितको आधार सुनाउँदै भने। एमाले उम्मेदवार श्रेष्ठले भने जोशीले १० वर्षसम्म सांसद हुँदा यस क्षेत्रको विकासमा संवेदनशीलता देखाउन नसकेकाले यहाँका जनताले अब विकल्प खोज्ने दाबी गरे। ‘अब मानिस सचेत भइसकेका छन्, १० वर्ष उनले सांसद भएर काम गर्दा पनि यस क्षेत्रमा कुनै काम भएन भन्ने असन्तुष्टि यहाँका मतदातामा छ’, उनले भने।

स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यो क्षेत्रमा वामपन्थी गठबन्धन कांग्रेसभन्दा अगाडि छ। क्षेत्र ८ मा काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ वडा तथा नागार्जुन नगरपालिकाको ४ र ५ वडा पर्छन्। स्थानीय तहमा यो क्षेत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धनको पक्षमा १६ हजार ३ सय ४९ मत र कांग्रेस-राप्रपाको लोकतान्त्रिक गठबन्धनको १३ हजार १ सय १९ मत खसेको थियो।

वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका एमालेका श्रेष्ठ लोकतान्त्रिक गठबन्धनभन्दा सशक्त भएको र संघीय समाजावादी फोरमले पनि समर्थन गरेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन्। श्रेष्ठले आफ्नो जित सुनिश्चित हुनुको थप आधार सुनाउँदै भने, ‘यहाँका ५ वटा वडामध्ये १५ र १३ मा मात्रै २५ हजारभन्दा बढी मतदाता छन्, यी दुई वडा निर्णायक पनि हुन्। यी दुवैमा स्थानीय तहमा एमालेले शानदार विजय हासिल गरेको छ।’ जोशीले भने स्थानीय निर्वाचनलाई जितको आधार बनाउन नमिल्ने बताए।

प्रतिक्रिया

Related Post

धादिङमा बुथ कब्जाको प्रयास, कर्नेलको नेतृत्वमा सेना जाँदै

Posted by - November 26, 2017 0
काठमाडौं । धादिङमा बुथ कब्जाको प्रयास भएपछि कर्नेलको नेतृत्वमा नेपाली सेनाको टोली हेलिकप्टर मार्फत धादिङ जान लागेको छ । धादिङको…

प्रधानमन्त्री देउवाद्वारा प्रकाशको निधनप्रति श्रद्धाञ्जली अर्पण

Posted by - November 19, 2017 0
काठमाण्डु, ३ मंसिर– प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको मृत्युले मर्माहत भएको बताएका…

चुनावका बेला ४ दिन स्कुल बन्द हुने

Posted by - November 20, 2017 0
मंसिर ४, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अवधिमा ४ दिन स्कुल बन्द गर्न निर्वाचन आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । सिफारिस…

दलको शक्ति प्रदर्शन र विप्लव समूह चुनावको मुख्य चुनौति प्रदेश नम्बर ४ र ५ को सुरक्षा गोष्ठी पोखरामा सुरु

Posted by - November 10, 2017 0
२४ कात्तिक, पोखरा । निर्वाचन आयोग र गृह मन्त्रालयले आसन्न चुनावको मुख्य चुनौतिका रुपमा दलहरुले पैसा र गुण्डा प्रयोग गरी गर्ने…

वाम गठबन्धनको चुनावी सभा नजिकै बिष्फोट

Posted by - November 16, 2017 0
बाम गठबन्धनको चुनावी सभाका लागि शिर्ष नेताहरु आउने कार्यक्रममा बम बिष्फोट भएको छ । गलकोट नगरपालिका ३ स्थित गलकोट बहुमुखी…
%d bloggers like this: