जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार

127 0

बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी अज्ञात समूहले बम प्रहार गरेको छ।

चौरजहारी नगरपालिका–८, को गोइरीमा टोलीमाथि २ वटा बम प्रहार भएको हो ।

चौरजहारी उपत्यकाको चुनावी सभा, घरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथि सडकमाथिबाट बम प्रहार भएको प्रहरीले जनाएको छ। सबैभन्दा अगाडिको गाडीलाई छोडेर उम्मेदवार शर्मा चढेको गाडीलाई नै लक्षित गरी बम प्रहार भएको प्रचार प्रसारमा सहभागी एक कार्यकर्ताले सेतोपाटीलाई बताए।

यद्यपी कुनै मानवीय क्षति नभएको उनले जानकारी दिएका छन्।

उम्मेदवार शर्माले आफ्नै गाडीलाई लक्षित गरी बम प्रहार गरेको बताएका छन्। ‘आफ्नै गाडीलाई लक्षित गरी बम प्रहार गरिएको  भएपनि सुरक्षाकर्मीको कारण क्षति हुन नपाएको शर्माले बताए।

कसैबाट परिचालित मान्छेले त्यस्तो हर्कत गरेको उनको भनाई छ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलालाका अनुसार घटनाका बारेमा अनुसन्धान भइरहेको र त्यसमा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको जानकारी दिए।

उनले विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेको आशंका गरेका छन्।

यसैबीच उम्मेदवार शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी भएको बम प्रहारको कार्यप्रति एमाले–माओवादी पार्टी एकता संयोजन समिति रुकुम (पश्चिम)ले विरोध गरेको छ । एक विज्ञप्ती जारी गरी समितिले उम्मेदवारलाई लक्षित गरी बम प्रहार गर्नु देशको विकास र समृद्धिको विरुद्ध भएको बताएको छ।

प्रतिक्रिया

Related Post

एमाले नेता शेरधन राईको गाडीमा बम प्रहार, सुरक्षागार्ड घाइते

Posted by - November 14, 2017 0
चुनावी सभामा जाँदै गर्दा ट्याम्के मैयुङ गाउँपालिका– ६ स्थित गुम्बामा बिहान १० बजे अपरिचित समूहले बम हानेको राईका सञ्चार संयोजक…

यस कारण छान्न सकेन माओवादीले मन्त्री

Posted by - February 16, 2018 0
पोखरा- प्रदेश–४ को मन्त्रीमण्डलमा सहभागिता जनाउने बारेमा छलफल गर्न बसेको माओवादी केन्द्रको प्रदेश संसदीय दलमा बैठकमा ब्यापक विवाद भएको छ।…

बिजुलीदेखि रेलसम्मः अवसरको चाङमाथि अबको सरकार

Posted by - December 31, 2017 0
१६ पुस, काठमाडौं । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारबाट बाहिरिँदै गर्दा विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीले…

अध्यक्ष ओलीको टिप्पणीः ०४६ सालमा आफूहरूले आन्दोलन गर्दैगर्दा देउवाले लण्डनमा पाउरोटी खाँदै थिए

Posted by - November 20, 2017 0
विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले ०४६ सालमा आफूहरूले आन्दोलन गर्दैगर्दा शेरबहादुर देउवाले लण्डनमा पाउरोटी खाँदै गरेको टिप्पणी गरेका…
%d bloggers like this: