दुईलाख रुपैयाँसहित छजना जुवाडे पक्राउ

121 0

पोखरा, ३ असोज (रासस) जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले जुवा खेलिरहेको अवस्थामा छ जनालाई रु दुई लाख २६ हजार ६१५ नगदसहित पक्राउ गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुङगास्थित शम्शेर गुरुङको घरमा जुवा खेलिरहेको सुराकीको आधारमा गएको प्रहरी टोलीले वडा नं १६ का बालकृष्ण गुरुङ, ओमबहादुर गुरुङ, इमानसिंह गुरुङ, वडा नं १ बगरका शेरबहादुर गुरुङ, वडा नं १४, चाउथेका यामबहादुर गुरुङ र घरधनी शम्शेर गुरुङलाई पक्राउ गरिएको प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ गरिएका सबैलाई जिल्ला अदालत कास्कीबाट सोमबारै जुवा मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Related Post

फेरि अनसन बस्दै डा. केसी, प्रधानन्यायाधीशविरुद्ध लड्ने संकल्प

Posted by - January 8, 2018 0
२४ पुस, काठमाडौं । आफ्नै अनसनका क्रममा बर्खास्त भएका डीनलाई अदालतले पुनर्वहाली गर्न आदेश दिएपछि डा. गोविन्द केसी फेरि अनसन…

हेर्नुस्, प्रदेशका राजधानी कहाँ कहाँ कायम हुँदैछन् ?

Posted by - November 15, 2017 0
संघीय संरचनाअनुसार प्रदेशसभाको निर्वाचन नजिकिएसँगै आफ्नो क्षेत्रका प्रदेश राजधानी कहाँ तोकिएला भन्ने चासो मतदातामा बढेको छ । राजनीतिक दलका स्थानीय…

दलको शक्ति प्रदर्शन र विप्लव समूह चुनावको मुख्य चुनौति प्रदेश नम्बर ४ र ५ को सुरक्षा गोष्ठी पोखरामा सुरु

Posted by - November 10, 2017 0
२४ कात्तिक, पोखरा । निर्वाचन आयोग र गृह मन्त्रालयले आसन्न चुनावको मुख्य चुनौतिका रुपमा दलहरुले पैसा र गुण्डा प्रयोग गरी गर्ने…

२० वर्ष पुराना सवारी साधन हटाउने सरकारी निर्णय व्यवसायीले नमान्ने, दिए आन्दोलनको चेतावनी

Posted by - March 15, 2018 0
२० वर्ष भन्दा पुराना सार्वजनिक सवारी साधन बिहीवारबाट हटाउने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने सरकारी अधिकारीहरूले बताएका छन्। तर यातायात…
%d bloggers like this: