नयाँ शक्तिका उम्मेदवारले पार्टी छाडे

128 0

फिदिम :  मंसिर १० गते हुने निर्वाचनमा पाँचथरबाट प्रतिनिधि सभाको उम्मेद्धार बनेका नयाँ शक्ति पार्टी नेपालका दुई जना उम्मेद्धार सहित चार जनाले पार्टी छाडेको घोषणा गरेका छन् ।

प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ उम्मेद्धारी दिएका दिलबहादुर लावती र समानुपातिक उम्मेद्धार रमेश परियारले विज्ञप्ति जारी गर्दै पार्टी परित्याग सहित उम्मेद्धारी फिर्ता गरेको घोषणा गरेका हुन् ।

‘राजनीतिक स्थायित्वका लागि भनेर खोलिएको हाम्रो पार्टीका नेताहरु आँफै अस्थिर बने,’ विज्ञप्तिमा भनिएको छ ‘नेतृत्वको ढुलमुले चरित्रको कारण हाम्रो उम्मेद्धार फिर्ता लिदैँ पार्टी परित्याग गरेको घोषणा गर्दछौँ ।’ कानुनी रुपमा आफ्नो उम्मेद्धारी फिर्ता हुन नसके पनि राजनीतिक रुपमा आफ्नो उम्मेद्धारी दिर्ता गरेको विज्ञप्तिमा भनिएको छ ।

लावती र परियार सहित शिक्षक संघ केन्द्रिय सदस्य हेम बहादुर जवेगु र जिल्ला खेलकुद संयोजक अनुराग केप्छाकी मगरले पार्टी छाडेका हुन् । नेपाली काँग्रेसका उम्मेद्धारलाई समर्थन गर्दै पार्टी छाडेर उम्मेद्धारी फिर्ता गरिएको मगरले जानकारी दिए ।

प्रतिक्रिया

Related Post

एमालेका जित सुनिश्चित भएका ४३ उम्मेद्वार जसलाई लोकतान्त्रीक गठबन्धनको कुनै जोर चल्दैन

Posted by - November 26, 2017 0
आगामी मंसिर १० र २१ मा हुने निर्वाचनको लागी नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनेका केहि नेताहरुलाई हराउनका लागी नेपाली काँग्रेसले…

दोश्रो चरणको निर्वाचनमा ७० सिट कांग्रेसको हो : बालकृष्ण खाँड

Posted by - December 3, 2017 0
दोश्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसले ७० सिट जसरी पनि जित्ने दाबी गरको छ । दोस्रो चरण अन्तर्गत २१ गते हुने…

अध्यक्ष ओलीको टिप्पणीः ०४६ सालमा आफूहरूले आन्दोलन गर्दैगर्दा देउवाले लण्डनमा पाउरोटी खाँदै थिए

Posted by - November 20, 2017 0
विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले ०४६ सालमा आफूहरूले आन्दोलन गर्दैगर्दा शेरबहादुर देउवाले लण्डनमा पाउरोटी खाँदै गरेको टिप्पणी गरेका…

कांग्रेस खराब पार्टी हो, अरु दुई पार्टी झनै खराब छन्- प्रदीप गिरी

Posted by - December 3, 2017 0
१७ मंसिर, लहान (सिरहा)। प्रदीप गिरीको लहान नगरपालिका १४ स्थित अस्थायी निवासमा पुग्दा उनको कोठा अस्तव्यस्त थियो । गिरी सहयोगीहरुलाई…

केन्द्रीय नेताहरू प्रतिष्पर्धामा

Posted by - November 17, 2017 0
सिन्धुपाल्चोक : प्रतिनिधिसभा सदस्य पदमा दुवै गठबन्धनबाट दुईवटै निर्वाचन क्षेत्रमा केन्द्रीय नेता प्रतिस्पर्धामा छन्। उनीहरूलाई साख जोगाउन धौधौ देखिएको छ।…
%d bloggers like this: