वर्षमान पुनलाई लक्षित गर्दै रोल्पामा गोली प्रहार

127 0

रोल्पा- चुनाव प्रचारमा हिँडेका नेकपा माओवादीका नेता वर्षमान पुनलाई लक्षित गर्दै अज्ञात समूहले गोली चलाएको छ। चुनावी कार्यक्रममा सहभागि हुन राङसेबाट इरिवाङ जाँदै गरेका पुनमाथि अज्ञान समूहले दुइखोली खोला नजिक एक राउन्ड गोली चलाएको थियो। त्यसको जवाफमा उनको सुरक्षामा खटिएका प्रहरीले ८ राउन्ड गोली चलाएका थिए। इरिवाङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दको गाउँ हो। चुनावी प्रचार टोली माथि ढुंगामुढा समेत भएको थियो।

वाम गठवन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका पुनको सोमबार थवाङमा कार्यक्रम रहेको छ। यता सोमबार नै नेकपाले रोल्पा बन्दको आव्हान गरेको छ। गोली चले पनि इरिवाङको कार्यक्रममा पुन सहभागि भएका थिए।

यस अघि पुनलाई लक्षित गर्दै एम्वुस विस्फोट गराइएको थियो।

प्रतिक्रिया

Related Post

बाबुराम र नारायणकाजीलाई वैद्यका उम्मेदवारको चुनौती

Posted by - November 9, 2017 0
गोरखा, २३ कात्तिक – गोरखा–२ भन्नेबित्तिकै डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीचको चुनावी प्रतिस्पर्धा दिमागमा आइहाल्छ । तर गोरखा–२ मा…

कांग्रेसलाई ओलीको सुझावः जनताले पत्याउने आरोप लगाऊ

Posted by - November 16, 2017 0
३० कात्तिक, स्याङजा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ वर्षअघि एमालेले सरकार बनाए बुढाबुढीलाई मार्छ भन्ने कांग्रेसले अहिले…

कांग्रेससँग सति जान नसक्ने भन्दै केन्द्रको निर्देशन मानेन कास्की राप्रपाले

Posted by - November 10, 2017 0
पार्टी केन्द्रको निर्देशन विपरित राष्टिय प्रजातन्त्र पाटी कास्कीले आगामी मंसिर २१ गते हुने केन्द्र तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो उम्मेदवारी कायम…

दोश्रो चरणको निर्वाचनमा ७० सिट कांग्रेसको हो : बालकृष्ण खाँड

Posted by - December 3, 2017 0
दोश्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसले ७० सिट जसरी पनि जित्ने दाबी गरको छ । दोस्रो चरण अन्तर्गत २१ गते हुने…
%d bloggers like this: