समाजसेवी अनुराधा कोइराला काँग्रेस प्रवेश

124 0

काठमाडौँ – ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली काँग्रेसमा प्रवेश गरेकी छिन्।

आज प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेका हुन् ।

चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक वृद्धि र समृद्धि काँग्रेसबाट मात्रै सम्भव भएको बताउँदै पार्टी प्रवेश गरेकी हुन्।

“सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजानसक्ने काँग्रेस मात्रै हो”– कोइरालाले पार्टी प्रवेश पछि भनिन्, “लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ।”

कोइरालाले लोकतन्त्रबाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने बताइन् । उनले लोकतन्त्रलाई थप मजबुत गराउन सबैलाई काँग्रेसमा मतदान गर्न पनि आह्वान गरेकी छिन्।

“म सबैमा लोकतन्त्रलाई स्वीकार गरी सबै अटाउनसक्ने नीति बोकेको काँग्रेसलाई मतदान गर्न अपिल गर्दछु,” उनले भनिन् ।

सामाजिक क्षेत्रमा लामो समय योगदान गर्नुभएको कोइराला अहिले काँग्रेसका पक्षमा मतदान गरेर महिला, दलित, जनजाती, मधेसीलगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्नुपर्ने बताउँछिन्।

“अब जनताले बुझ्नुपर्ने बेला आएको छ, सबैका अधिकार काँग्रेस नेतृत्वमा बन्ने सरकारले मात्रै दिलाउन सक्छ”– उनले भने, “त्यसैले संविधान कार्यान्वयनको चुनौतिपूर्ण अहिलेका अवस्थामा काँग्रेसका पक्षमा मतदान गरेर छ दशकदेखिको राजनीतिक संक्रमण अन्त्य गर्नुपर्छ।”

प्रतिक्रिया

Related Post

कांग्रेस खराब पार्टी हो, अरु दुई पार्टी झनै खराब छन्- प्रदीप गिरी

Posted by - December 3, 2017 0
१७ मंसिर, लहान (सिरहा)। प्रदीप गिरीको लहान नगरपालिका १४ स्थित अस्थायी निवासमा पुग्दा उनको कोठा अस्तव्यस्त थियो । गिरी सहयोगीहरुलाई…

विवेकशील साझाले राष्ट्रिय सभामा कांग्रेसलाई मत दिने

Posted by - January 24, 2018 0
प्रदेश नम्बर तीनमा तीन प्रदेश सभा सदस्य रहेको सो दलले कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई मत दिने भएको हो। ‘अन्य दलले…

‘मधेस केन्द्रित शक्ति विजयी हुने दाबी’

Posted by - November 15, 2017 0
राजविराज, २८ कात्तिक  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टी र राष्ट्रिय…

कांग्रेस र माओवादी कार्यकर्ताबीच हानाहान

Posted by - November 10, 2017 0
सोलुखुम्बु । चुनावी अभियानका क्रममा सोलुखुम्बुको सोताङमा नेपाली कांग्रेस र माओवादीका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमाआधा दर्जन घाइते भएका…

चुनावपछि कांग्रेस नेतृत्वमा बलियो सरकार : कमल थापा

Posted by - December 4, 2017 0
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले आगामी सरकार पनि लोकतान्त्रिक गठबन्धनकै बन्ने दाबी गरेका छन् । हेटौंडामा आयोजित…
%d bloggers like this: