एमाले नेता शेरधन राईको गाडीमा बम प्रहार, सुरक्षागार्ड घाइते

103 0

चुनावी सभामा जाँदै गर्दा ट्याम्के मैयुङ गाउँपालिका– ६ स्थित गुम्बामा बिहान १० बजे अपरिचित समूहले बम हानेको राईका सञ्चार संयोजक ध्रुव सुवेदीले जानकारी दिए । बमको छर्रा लागेर निजी सुरक्षागार्ड डिल्ली देवकोटा घाइते भएका छन् ।

प्रतिकारमा सुरक्षागार्ड देवकोटाले १४ राउण्ड हवाई फायर गरेका छन् ।

अध्यक्ष ओलीद्वारा भर्त्सना

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेश सभा सदस्य उम्मेदवार पूर्वमन्त्री शेरधन राईमाथि बिहान भएको साङ्घातिक आक्रमणको भर्त्सना गरेका छन् ।

निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवारमाथिको आक्रमणलाई आफ्नो पार्टीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएको ओलीको भनाइ छ । ‘यस घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने स्पष्ट हुन्छ,’ ओलीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हामी सरकारलाई निर्वाचनका उम्मेदवारहरूलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता साङ्घातिक आक्रमणहरू नियन्त्रण गर्न सचेत गराउँछौं ।’

सत्ताधारी दलका उम्मेदवार वरिपरि अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका बामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले आश्चर्य चकित बनाएको ओलीको भनाइ छ ।

ओलीले आपराधिक घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् । उनले घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

Related Post

प्रधानमन्त्री, राष्ट्रपति र सभामुख आफूले पाउनुपर्ने एमालेको दाबी

Posted by - December 19, 2017 0
काठमाडौं । निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेपछि एमाले र माओवादी केन्द्र भागवण्डा मिलाउन आन्तरिक छलफलमा जुटेका छन् । उनीहरु सरकार गठन…

‘मधेस केन्द्रित शक्ति विजयी हुने दाबी’

Posted by - November 15, 2017 0
राजविराज, २८ कात्तिक  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टी र राष्ट्रिय…

मन्त्रीमण्डल बिस्तारको तयारीमा ओली, को को बन्दैछन् मन्त्री ?

Posted by - February 21, 2018 0
काठमाडौं । एमाले माओवादीको सहमतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरेका छन् । मन्त्रिमण्डल विस्तारका विषयमा छलफल…

सकियो ओली-प्रचण्ड वान टुवान बार्ता, भएन कुनै सहमति

Posted by - February 12, 2018 0
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टुवान बार्ता सकिएको छ…

बुढीगण्डकीबारे मन्त्रिपरिषद्‍मा चर्काचर्की

Posted by - November 14, 2017 0
काठमाडौं- – अनियमित र हचुवा ढंगले गेजुवासँग गरिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता संसदीय समितिहरुको निर्देशनबमोजिम आज बसेको मन्त्रिपरिषद् बैठकले खारेज…
%d bloggers like this: