अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीनको मृत्यु

170 0

२८ कात्तिक, काठमाडौं ।

मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । खुकुरी प्रहार गर्ने व्यक्ति सुमन बराइली रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने बराइलीको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुमान छ । नजिकै प्रहरी कार्यालय भएकाले खुकुरी नचाउने व्यक्ति तत्कालै पक्राउ परेकाे र ठूलो क्षति हुन नपाएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए । खुकुरी प्रहारबाट मनहरी ७ कै स्थानीयवासी ५५ वर्षीय सिताराम धिताल, १६ वर्षीय सुदन धिताल र ६५ वर्षीय जीतबहादुर ब्लोनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रतिक्रिया

Related Post

चुनावका बेला ४ दिन स्कुल बन्द हुने

Posted by - November 20, 2017 0
मंसिर ४, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अवधिमा ४ दिन स्कुल बन्द गर्न निर्वाचन आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । सिफारिस…

मस्ट वान्टेड कोरियाली पोखरामा पक्राउ

Posted by - February 23, 2018 0
काठमाडौं : अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेका दक्षिण कोरियाली नागरिक सेउङ वन ली पोखरामा पक्राउ परेका छन्।अवैध…

हेर्नुस्, प्रदेशका राजधानी कहाँ कहाँ कायम हुँदैछन् ?

Posted by - November 15, 2017 0
संघीय संरचनाअनुसार प्रदेशसभाको निर्वाचन नजिकिएसँगै आफ्नो क्षेत्रका प्रदेश राजधानी कहाँ तोकिएला भन्ने चासो मतदातामा बढेको छ । राजनीतिक दलका स्थानीय…

कैदीबन्दीलाई छैन मताधिकार

Posted by - November 16, 2017 0
गुल्मी : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गएपनि जिल्ला कारागार गुल्मीका कैदीबन्दी भने भोट हाल्न पाउने नपाउनेमै अन्योलमा छन् । निर्वाचन…
%d bloggers like this: