वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

100 0

काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ। मेनपावरसँग पैसा असुलेर अनिमियतता गरेको अभियोगमा पाण्डेलाई अख्तायरले पक्राउ गरेको हो।

नयाँ वानेश्वर इन्द्रेणी फुडल्यान्डबाट पक्राउ परेका अधिकृत तृप्तिबल्लभ पौडेल र नासु खडक केसीको बयानमा सो घुस रकमको लहरो डिजीसम्म पुगेपछि बुधबार पाण्डे पक्राउ परेका हुन्।

अख्तियारको टोलीले हिजो मंगलबार विभागका दुई कर्मचारीलाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो। नयाँ वानेश्वर इन्द्रेणी फुडल्यान्डबाट पक्राउ परेका अधिकृत तृप्तिबल्लभ पौडेल र नासु खडक केसीको बयानमा सो घुस रकमको लहरो डिजीसम्म पुगेपछि बुधबार पाण्डे पक्राउ परेका हुन्।

‘आज डिजी साप कार्यालय आउनु भएको छैन। मैले पनि उहाँ पक्राउ परेको खबर सुनेँ’, विभागका निर्देशक मोहन अधिकारीले नागरिकन्युजसँग भने।

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मेनपावर कम्पनीविरुद्धको मुद्दा मिलाइदिने भन्दै सो रकम असुलेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो। अनुसन्धानका क्रममा अधिकृत पौडेल र नासु केसीले महिनर्देशक पाण्डेकै मिलेमतोमा काम गरेको पाइएको छ।

प्रतिक्रिया

Related Post

प्रकाश दाहाल गम्भीर बिरामी

Posted by - November 19, 2017 0
मंसिर ३, २०७४-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश (साकार) दाहाल गम्भीर बिरामी परेपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ…

फजुल खर्चको पराकाष्ठा : सात महिनाको भ्रमण, तलब र इन्धन खर्चबापत १४ करोड

Posted by - February 21, 2018 0
काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूको जिल्ला भ्रमण, इन्धनलगायत शीर्षकमा मात्रै सात महिनामा १४ करोड ५८ लाख ५ हजार…

पोखराको लेकसाइडमा शिवरात्रीको अवसरमा साँगीतिक कार्यक्रमको हुने

Posted by - February 12, 2018 0
‘महाशिवरात्री साँगीतिक कार्यक्रम’ तयारी पूरा भएको छ। शिवरात्रीको अवसरमा लेकसाइड हल्लनचोकमा फागुन १ साँझ ६ बजेदेखि प्रस्तुति रहने सत्याकृत व्याण्डका…

ग्यास प्लान्ट आगलागीमा दुई अग्नि नियन्त्रकको मृत्यु

Posted by - December 20, 2017 0
वीरगञ्ज : वीरगञ्जस्थित सुपर ग्यास प्लान्टमा भीषण आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका २२ मा रहेको सुपर ग्यासको प्लान्टमा…
%d bloggers like this: