कांग्रेसलाई ओलीको सुझावः जनताले पत्याउने आरोप लगाऊ

133 0

३० कात्तिक, स्याङजा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ वर्षअघि एमालेले सरकार बनाए बुढाबुढीलाई मार्छ भन्ने कांग्रेसले अहिले वामपन्थीले जिते कम्युनिस्ट अधिनायकवाद ल्याउने हौवा फिँजाएको बताएका छन् । उनले कांग्रेसलाई जनताले पत्याउने खालका आरोप लगाउन सुझाव समेत दिए ।

स्याङजाको पुतलीबजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘त्यो बेला पनि कम्युनिस्टले जिते बुढाबुढीलाई गोली ठोकेर मार्छ भनेकै हुन् । हामीले सरकार बनाएर बृद्धभत्ता दियौं । राष्ट्रको ढुकुटी रित्यायो भनेर कांग्रेसले नै बिरोध गर्‍यो । मैले २ हजार बनाइदिएँ अब चुनाव जितेपछि बृद्धभत्ता ५ हजार दिने हो । कांग्रेसले टाउको फुटाए पनि बृद्धभत्ता ५ हजार पुग्छ ।’

वाम गठबन्धनले ल्याउन खोजेको कम्युनिस्ट सत्ता भएको पनि ओलीले बताएका छन् । ‘हो हामीले ल्याउन खोजेको कम्युनिस्ट सत्ता नै हो । अब मंसिर २१ पनि देशमा कम्युनिस्ट सरकार बन्छ’ उनले भने, ‘कांग्रेसको लुटतन्त्र रोक्न कम्युनिस्ट सत्ता चाहिएकाले एमाले र माओवादी मिल्नुपरेको हो ।’

ओलीले समय अभावका कारण तत्काल दुई पार्टीबीच एकीकरण हुन नसके पनि चुनावपछि एउटै कम्युनिस्ट पार्टी बन्ने बताए । उनले भने, ‘हामी एउटै सूर्य चिन्हबाट चुनाव लड्न सहमत भएका हौं तर, प्राविधिक कारणले सम्भव भएन । अब केही समयमै एउटै पार्टी हुन्छ, त्यसैले यो ऊ नभनी मत दिनुस् ।’

क्षेत्र नम्बर १ मा नारायण मरासिनी र २ मा पद्मा अर्यालसहित वाम गठबन्धनका उम्मेदवारलाई भोट माग्दै एमाले अध्यक्ष ओलीले आँधीखोलामा हाइड्याम बनाउने बताए ।

उनले भने, ‘आँधीखोलामा हाइड्याम हामी बनाउछौं । पोखरासम्म जाने सुरुङमार्ग निर्माण गर्छौं । वालिङमा प्याराग्लाइडिङ चलाउछौं । भिरकोटको पर्यटन विकास पनि हामी गर्छौं ।’

एमाले अध्यक्ष ओलीले आफूले फाउमा (सित्तैमा) पाएको जिन्दगी नेपाल र नेपालीको सम्बृद्धिमा लगाउन चाहेको भन्दै बहुमतको सरकार निर्माणमा सघाउन आह्वान गरे ।

प्रतिक्रिया

Related Post

कास्की कसको किल्ला ?

Posted by - December 1, 2017 0
मंसिर १५, २०७४-दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा कास्कीमा चुनावी प्रचार अभियान तीव्र भएको छ । दलहरूले पूर्वनिर्धारित…

एमाले र माओवादीको एकता: भागवण्डामा नै अल्झियो

Posted by - February 5, 2018 0
काठमाडौँ ।  एमाले र माओवादी केन्द्रको एकता प्रयास पदीय भागवण्डामा अल्झिएको छ । प्रधानमन्त्री वा एकीकृत पार्टीको अध्यक्ष नपाए एकता…

कांग्रेसका युवा नेताले भने– ७० कटेका नेताले विश्राम लिनुपर्छ

Posted by - December 31, 2017 0
काठमाडौँ — कांग्रेसका युवा नेताले पार्टीको भविष्यका लागि पहिलो पुस्तालाई विश्राम लिन आग्रह गरेका छन् । नेतृत्वको रणनीतिक असफलता र पुरानो…

बामदेवलाई केपीले, नारायणकाजीलाई प्रचण्डले, अनिल शर्मालार्इ माधव नेपाल र कांग्रेसलार्इ देउवाले हराएको दावी

Posted by - December 11, 2017 0
काठमाडौं, २४ मंसिर । प्रतिनिधि र प्रदेश सभाको जारी मत गणनाको परिणाम अाइरहेको छ । परिणामले नेकपा एमाले र माओवादी…

काँग्रेस संगठित हुनुको विकल्प छैनः महामन्त्री कोइराला

Posted by - February 23, 2018 0
बेसीशहर । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । लमजुङको…
%d bloggers like this: