कैदीबन्दीलाई छैन मताधिकार

112 0

गुल्मी : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गएपनि जिल्ला कारागार गुल्मीका कैदीबन्दी भने भोट हाल्न पाउने नपाउनेमै अन्योलमा छन् । निर्वाचन आयोगले कर्मचारीले समानुपातिक मत हाल्न नपाउने व्यवस्था गरेसँंगै कैदीबन्दीको समेत मताधिकारको प्रयोग अन्योलमा परेको हो ।

यस अघिका केन्द्रीय निर्वाचनमा कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्दै आएका भएपनि नजिकिँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत हाल्न पाइने नपाइनेमा आफूलाई थाहा नभएको कैदीबन्दी बताउँछन् । ‘भोट हाल्न पाउनुपर्ने हो, अहिलेको चुनावमा के व्यवस्था गरेको छ । थाहा पाएका छैनौ ‘ आन्तरिक प्रशासनका चौकीदार दिपक चन्दले भने । उनका अनुसार पहिलेका केन्द्रीय चुनावमा कारागारबाटै मत दिएको बताउँदै यसपाली पनि मत दिन पाउनुपर्ने बताए ।

जिल्ला कारागार गुल्मीका प्रमुख गोपाल प्रसाद पाण्डेका अनुसार कैदीबन्दीले समानुपातिकमा मत हाल्न पाउने व्यवस्था रहेको बताउँदै यसपालीको निर्वाचनमा उनीहरुका लागि के व्यवस्था गरेको छ भन्ने बारेमा आफूलाई पनि जानकारी नभएको बताए । ‘अहिलेसम्म कुनै जानकारी छैन,उनले भने ,’कर्मचारीले नपाएपछि कैदीबन्दीले पनि पाउँदैनन् होला ।’

पाण्डेका अनुसार विगतमा निर्वाचन नजिकिँदै जाँदा मतदाता शिक्षा सञ्चालन भैसक्थ्यो तर,यसपाली उनीहरुका लागि मतदाता शिक्षाको कुनै सुरसार छैन । पाण्डेले कैदीबन्दीले भेटघाटको क्रममा आफूसँग पनि भोट हाल्न पाइने नपाइनेमा सोधपुछ गर्ने गरेको बताए । उनले कारागारभित्र रहेका अधिकांश कैदीबन्दी मतधिकार प्रयोग गर्न सक्ने उमेरका समेत रहेको बताउँदै उनीहरुमध्ये कसैको मतदाता नामावलीमा नाम संकलन समेत नभएको पनि जानकारी दिए ।

कैदीबन्दीका लागि समानुपातिकमा मतदान गर्ने व्यवस्था रहेको भएपनि यसपालिको निर्वाचनमा आयोगले कुनै परिपत्र नगरेको निर्वाचन कार्यालय सूचना शाखाका कृष्ण पन्थीले जानकारी दिए । ‘कैदीबन्दीले समानुपातिकमा भोट हाल्न पाउँथे,उनले भने,’हिले कर्मचारीले नपाएपछि कैदीबन्दीले पनि नपाउने होलान् । ‘आयोगले कुनै निर्णय गरेर परिपत्र गरेको छैन,उनले भने,‘के व्यवस्था गर्छ सोही अनुसार जानकारी गराउँछौ ।’ उनका अनुसार आधिकारीक निर्णय नभएका कारण कैदीबन्दीलाई मतदाता शिक्षा समेत दिन अलमल परेको बताए । हाल जिल्ला कारागार गुल्मीमा एक बच्चासहित ६० जना थुनुवा तथा कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया

Related Post

पुरानै परिचयपत्रका आधारमा मतदान गर्न पाइने

Posted by - November 17, 2017 0
काठमाडौँ, मङसिर १  गते ।  निर्वाचन आयोगले मङ्सिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि…

वर्षमानको घोषणाः हाइड्रोमा शेयर भएका युवालाई खोजेर ज्वाईं बनाउने दिन ल्याउँछु

Posted by - March 18, 2018 0
काठमाण्डु, ३ चैत– नवनियुक्त उर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले नतिजा देखिने गरी काम गर्ने प्रतिबद्धता देखाएका छन् । माओवादी…

प्रकाश दाहाल गम्भीर बिरामी

Posted by - November 19, 2017 0
मंसिर ३, २०७४-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश (साकार) दाहाल गम्भीर बिरामी परेपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ…

प्रधानन्यायाधीश पराजुलीका चार वटा जन्म मिति

Posted by - February 9, 2018 0
वर्ष दिनयता प्रधानन्यायाधीश गोपाल पराजुली जन्म मितिको विवादमा छन्। उनीसँग दुई वटा नागारिकता रहेको र ती दुबैमा उनको उमेर फरक…

काठमाडौंका मतदाता भन्छन्- ‘पानी भए पुग्छ’

Posted by - November 15, 2017 0
कार्तिक २९, २०७४-वसन्तपुर दरबार क्षेत्रदेखि स्वयम्भू स्तूपा, ऐतिहासिक काष्ठमण्डप, जीवित देवी कुमारी, शोभा भगवती, संस्कृति र परम्पराले समृद्ध नेवारी बस्ती…
%d bloggers like this: