पेरु ३६ वर्षपछि विश्वकपमा, यी हुन् २०१८ मा छनोट भएका टिम

113 0

पेरु दस खेलयता अपराजित छ, जुन उसको ७५ वर्षयताकै सबभन्दा सुखद हो । विश्वकपमा छनोट भएको खुशीयालीमा पेरुभियन सरकारले विहीबार सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ ।

पेरु प्ले–अफको दोस्रो लेगमा न्युजिल्यान्डलाई २–० ले हराएर वुधबार विश्वकप २०१८ मा छनोट हुने अन्तिम टिम भएको छ । यससँगै अर्को वर्ष रुसमा हुने विश्वकपमा प्रतिस्पर्धा गर्ने ३२ टिमले पूर्णता पायो ।

दक्षिण अमेरिकी छनोटमा पाँचौं स्थानमा रहेको पेरुले ओसियाना च्याम्पियन न्युजिल्यान्डसँग अकल्यान्डमा भएको ‘अवे’ खेलमा गोलरहति नतिजा निकालेको थियो र उसले घरेलु मैदानमा एकतर्फी खेल प्रदर्शन गर्दै जित हासिल गर्‍यो । जेफरसन फारफन र क्रिस्टियन रामोसले गोल गरेपछि पेरु सन् १९८२ यता पहिलोपल्ट विश्वकपमा छनोट भयो ।

विश्वकप २०१८ मा छनोट भएका टिम

आयोजक ९१०:  रुस

एसिया ९५० : इरान, जापान, साउदी अरेबिया, दक्षिण कोरिया, अस्ट्रेलिया

अफ्रिका ९५०: इजिप्ट, मोरक्को, नाइजेरिया, सेनेगल, ट्युनिसिया

उत्तर–मध्य अमेरिका ९३०:  कोस्टारिका, मेक्सिको, पानामा

दक्षिण अमेरिका ९५०: ब्राजिल, उरुग्वे, कोलम्बिया, अर्जेन्टिना, पेरु

युरोप ९१३०:  जर्मनी, वेल्जियम, क्रोएसिया, डेनमार्क, इंग्ल्यान्ड, फ्रान्स, आइसल्यान्ड, पोल्यान्ड, पोर्चुगल, सर्विया, स्पेन, स्वीडेन, स्वीट्जरल्यान्ड

प्रतिक्रिया

Related Post

आक्रमक खेल्दै इंग्ल्यान्ड च्याम्पियन

Posted by - October 30, 2017 0
कार्तिक ११, २०७४-इंग्ल्यान्डले आक्रमक फुटबलको उदाहरण पस्कदै फिफा यू—१७ विश्वकप फुटबलमा पहिलोपल्ट च्याम्पियन भएको छ । साल्ट लेक स्टेडियममा शनिबार…

‘यो दिन सोचेको थिइनँ’

Posted by - November 15, 2017 0
कार्तिक २९, २०७४-नेपाली राष्ट्रिय फुटबल टोलीका १५ औं कप्तान अनिल गुरुङ अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिँदा मंगलबार निकै भावुक बने ।…

श्रीलंकाविरुद्ध पाकिस्तानको ७ विकेटले जीत

Posted by - October 30, 2017 0
कार्तिक १०, २०७४-वान डे क्रिकेटमा प्रभुत्व कायम राखेको पाकिस्तानले श्रीलंकाविरुद्ध बिहीबार रातिको पहिलो ट्वान्टी ट्वान्टीमा पनि ७ विकेटको सजिलो जीत…

फेरिएको स्वरुप एसीसी यू–१९ एसिया कप

Posted by - November 16, 2017 0
कार्तिक ३०, २०७४-एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा नेपालले शुक्रबार अफगानिस्तानसँग खेल्दै छ । इतिहासमै पहिलोपल्ट भारतलाई पराजित गरेपछि नेपाल यू–१९…

सिंगापुरलाई हराउँदै नेपालले उपाधी जित्यो

Posted by - December 17, 2017 0
काठमाडाै– नेपालले थाइल्याण्डमा जारी एसीसी अण्डर १६ पूर्व क्षेत्रीय क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । आइतवार सम्पन्न फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै…
%d bloggers like this: