लगेज फुटाएर चोर्दाचोर्दै त्रिभुवन विमानस्थलमा ३ जना कर्मचारी रंगेहात पक्राउ !!

127 0

कार्तिक ३०, काठमाडौं– यात्रुको लगेज चोरी गर्दागर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तीन कर्मचारीहरु रंगेहात पक्राउ परेका छन्।

 

महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्डले मंगलबार बेलुका तीन जना कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बिमल केसी, बिक्रम लामा, बिर्खराज बिक छन्। उनीहरु विमानस्थलमा लोडरका रुपमा काम गर्ने कर्मचारी भएको एसपी गणेश चन्दले बताए ।

प्रहरीले उनीहरुलाई चोरी मुद्दामा कारबाही अघि बढाएको छ। उनीहरुले तीन वटा लगेज फुटाएर चोरी गरेका थिए। चार महिनाअघि पनि दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो। कर्मचारीहरुले नै चोरी गर्ने भएपछि प्रहरीले उनीहरुमाथि निगरानी बढाएको छ। विमानस्थलमा पटक पटक यात्रुको लगेज चोरी हुने गरेको छ।

प्रतिक्रिया

Related Post

मेयरका उम्मेदवार नै गाँजा कारोबारमा संलग्‍न

Posted by - November 10, 2017 0
जनकपुरधाम :  स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएकी एक महिला आफ्नो छोरा सहित गाँजा व्यापारमा संलग्न रहेको आरोपमा पक्राउ…

राजपा नेता आमरण अनसनमा

Posted by - October 30, 2017 0
कार्तिक १३, २०७४-प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार चयनमा पार्टीले निष्ठावान कार्यकर्ताको अवमूल्यन गरेको भन्दै राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल सप्तरीका…

कम्युनिष्ट धारका भएकाले प्रकाश दाहालको काजक्रिया नहुने

Posted by - November 20, 2017 0
मंसिर ४-आइतबार निधन भएका प्रकाश दाहालको श्रद्धान्जलीस्वरुप एमाले–माओवादी केन्द्रले भोली (मंगलबार) चितवनमा श्रद्धाञ्जली सभा गर्ने भएका छन्। मंगलबारका लागि तय…

फागुन २५ र २६ नेपाल बन्द, अवज्ञा गर्नेले बेलुका सोच्नुहोला ! कमजोरी कस्को सरकारको कि जनता को

Posted by - March 7, 2018 0
अर्थ संसार, काठमाडौं– पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ्ग समूहद्धारा यही फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान गरिएको छ…
%d bloggers like this: