एमालेका शिर्ष नेताविरुद्ध अख्तियारले काट्यो पत्र, स्थायी कमिटीमा सुरु भयो खैलाबैला

202 0

एमालेको ६ जना शिर्ष नेतासहित २९ जना पूर्वमन्त्री, सांसद, पूर्वपूशासक तथा अन्य उच्च पदस्थहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटे पछि एमाले भित्र खैलाबैला सुरु भएको छ । माधव कुमार नेपाल पक्षले भने यसरी पार्टीका शिर्षनेताहरु विरुद्ध अख्तियारले पत्र काटे पछि स्थायी कमिटि बैठकमा यो विषयमा कडाईका साथ प्रश्तुत हुने भएको छ ।

चितवनमा सोमबारदेखि हुन लागेको तराईका २२ जिल्लाको दुई दिने भेलामा एमालेका शीर्षनेताहरु जमघट हुँदैछन्, जहाँ अख्तियारको कारवाही सम्बन्धी प्रकरणको कुरा समेत कडाईका साथ उठाउने एमाले नेता नेपाल पक्षधरले जनकारी दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो बिहीबार एमालेका ६ जना नेतासहित विभिन्न २९ जना उच्चपदस्थहरुलाई सात दिनभित्र आयोगमा उपस्थित हुन भन्दै पत्र काटेको छ ।

अख्तियारले एमाले नेताहरु राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, बंशीधर मिश्रलाई पत्र काटेको छ ।

त्यसैगरी एमाले सांसद इच्छाराज तामाङ, जनार्दन ढकाल र पूर्वसांसद विजय पौडेललाई पनि पत्र काटेको छ । अख्तियारको छानविनमा परेका जनार्दन ढकाल बाहेक यी सबै माधव नेपाल पक्षका नेता हुन् ।

एमालेको पत्र काटिएका नेताहरुको बैंक खाता रोक्का गर्न अख्तियारले शुक्रबार नै सबै बैंकका सीइओहरुलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया

Related Post

वाम गठबन्धन तोड्ने रणनीति : फकाउनेदेखि तर्साउनेसम्म

Posted by - January 2, 2018 0
काठमाडौं : कांग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ । एमाले-माओवादीबीच पार्टी एकता हुन…

एमाले–माओवादी एकता प्रयास सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै

Posted by - January 2, 2018 0
काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व, सिद्धान्त, सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ ।…

कैलाली ५ मा कांग्रेस, वाम र विवेकशील साझाको भीडन्त, को बलियो ?

Posted by - November 20, 2017 0
कैलाली, मंसिर ४ । सात नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले बाजी मार्ला…

कठिन घुम्तीमा कांग्रेस, कांग्रेसले मनन गर्नैपर्ने कुरा

Posted by - December 15, 2017 0
अदक्ष ड्राईवरले सवारी हाँक्दा दुर्घटनामा परिन्छ। नेपाली कांग्रेसको सवालमा मात्र नभएर नेपाली राजनितिमा स्थापित राजनैतिक दलरुपी जम्वो सवारीका लगभग पहिलो…
%d bloggers like this: