यी निर्वाचन क्षेत्र, जहाँ वाम गठबन्धनसँग हार्न सक्छन्, कांग्रेसका शीर्ष नेता

1115 0

प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी प्रमुख राजनीतिक दलहरुले गठबन्धन नै निर्माण गरेका छन् । एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएका छन् भने राप्रपा र नयाँ शक्ति नेपाललाई समेटेर कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाएको छ । त्यसैले पनि अबको निर्वाचनमा यी दुईमध्ये कुन गठबन्धनले बढी सीट जित्ला भन्ने चासो सवत्र छ । नेताहरुले पनि विगतका निर्वाचनको नतिजालाई आधार मानेर निर्वाचनको जोड–घटाउ गरिरहेका छन् ।

विगतको मतलाई आधार मान्ने हो भने खासगरी लोकतान्त्रिक गठबन्धन बनाएको कांग्रेसका शीर्ष नेतालाई निकै अप्ठेरो पर्ने देखिन्छ । किनकी विगतका निर्वाचनलाई नै आधार मान्ने हो भने अधिकांश क्षेत्रमा एमाले र माओवादी कांग्रेसका प्रतिष्पर्धी थिए । अहिले उनीहरु गठबन्धन बनाएर निर्वाचनमा जाँदैछन् । त्यसैले पनि कांग्रेसका शीर्ष नेतालाई यो निर्वाचनमा जित निकाल्न फलामको चिउरा चपाएझैँ गार्हो हुने विश्लेषण गर्न सकिन्छ । विगतका निर्वाचनलाई आधार मानि गरिएको यो विश्लेषण हेर्नुहोस् प्रमुख दलका कुन नेतासँग कति मतदाता छन् र कसले कहाँ जित्ने सम्भावना छ ?

हालै सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामलाई नै आधार मान्दा पनि अबको निर्वाचनमा लोकतान्त्रीक गठबन्धन बनाएको नेपाली काँग्रेसका शीर्ष नेतालाई जितका लागि निकै सकस पर्ने देखिन्छ । किनकि अहिले एमाले र माओवादी मिलेर चुनावमा जाँदैछन । त्यसैले पनि अबको निर्वाचनमा वाम गठबन्धनका उम्मेद्वारलाई पराजित गरी आफ्नो पक्षमा निर्वाचनको मत परिणाम पार्न कांग्रेसलाई फलामको चिउरा चपाउनु सरह नै हुने विश्लेषण भैरहेको छ । हेरौँ

यसअघिको प्रमुख दलले पाएको निर्वाचन मत परिणामको आधार मानेर गिएको यो विश्लेषण, आखिर कुन पार्टी कहाँ बलियो छ कहाँ कमजोर छ ?

के.पी. शर्मा ओली, एमाले अध्यक्ष

नेकपा एमाले अध्यक्ष समेत रहेका के.पी.शर्मा ओली झापा ५ बाट उठ्दै छन् । झापा ५ मा लोकतान्त्रिक  गठबन्धनको नेतृत्वकर्ता कांग्रेसको पक्षमा २३२५० र राप्रपाको पक्षमा १०२२५ रहेको छ जसमा कूल ३३४७५ रहेको छ भने, वाम गठबन्धनमा समेल रहेको नेकपा एमालेको २९४६० र माओवादी केन्द्रको १२६८३ गरी कूल ४२१४३ रहेको जहाँ वाम गठबन्धनले जित्ने विश्लेषण गरिएको छ ।

शेरबहादुर देउवा, कांग्रेस सभापति

नेपाली काँग्रेसका सभापतिसमेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट चुनाव लड्दैछन्  । डडेल्धुरामा काँग्रेसको पक्षमा १९५२३ र राप्रपाको पक्षमा २६८ रहेको छ, जसमा कूल १९७९१ रहेको छ भने, एमालेको १६९१५ र माओवादी केन्द्रको १०९४५ गरी कूल २७८६० रहेको जहाँ वाम गठबन्धनको जितको सम्भावना देउवालाई मुख्या चुनौतीको रुपमा देखा परेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्र अध्यक्ष 

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन ३  बाट उठ्ने भएका छन् । चितवन  ५ मा लोकतान्त्रीक गठबन्धनमा रहेको नेपाली काँग्रेसको पक्षमा २६९२३ र राप्रपाको पक्षमा ८३५२ रहेको छ जसमा कूल ३५२७५ रहेको छ भने, वाम गठबन्धनमा समेल रहेको नेकपा एमालेको २५७७७  र माओवादी केन्द्रको १८१३० गरी कूल ४३९०७ रहेको छ । यहाँ पनि वाम गठबन्धनले जित्न सक्छ ।

माधव कुमार नेपाल, एमाले नेता 

नेकपा एमालेका नेता माधव कुमार नेपाल काठमाण्डौँ २ बाट निर्वाचनमा भाग लिने भएका छन् । यहाँ पनि लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन नै अगाडि देखिन्छ । काठमाण्डौँ २ मा विगतको निर्वाचनको मत परिणाम हेर्दा लोकतान्त्रिक गठबन्धनको कूल मत २०३८० रहेको छ, जसमा नेपाली काँग्रेसको १५५२७ र राप्रपाको ४८२३ रहेको छ । यता वाम गठबन्धनमा रहेको एमालेको १९१९६ र माओवादी केन्द्रको ५७३२ गरी कूल २४९२८ रहेको छ जसमा वाम गठबन्धन नै अगाडी रहेको छ ।

झलनाथ खनाल, एमाले वरिष्ठ नेता 

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल इलाम १ बाट निर्वाचनमा उम्मेद्वारी बन्ने भएका छन् । यहाँ पनि लोकतान्त्रीक गठबन्धन भन्दा वाम गठबन्धन नै अगाडि रहेको छ । इलाम १ को विगतको निर्वाचनको मत परिणाम हेर्दा लोकतान्त्रिक गठबन्धनको कूल मत २४६१७ रहेको छ जसमा नेपाली काँग्रेसको २३५७८ र राप्रपाको १०३९ रहेको छ । वाम गठबन्धनमा रहेको एमालेको ३०१६५ र माओवादी केन्द्रको ५२२८ गरी कूल ३५३९३ रहेको छ जसमा वाम गठबन्धन नै अगाडि रहेको छ ।

डा. बाबुराम भट्टराई, नयाँ शक्त्री पार्टी संयोजक 

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई आगामी निर्वाचनमा नेपाली काँग्रेसको समर्थनमा निर्वाचन लड्ने भएका छन् । उनी गोरखा २ बाट उम्मेद्वार बनेका छन् । पछिल्लो पटक उनको राजनीतिक गठबन्धन फेरबदलको कारण यस पटकको निर्वाचन निकै रोचक हुने देखिन्छ । तर यहाँ समेत लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन नै अगाडि रहेको छ । गोरखा २ को विगतको निर्वाचनको मत परिणाम हेर्दा लोकतान्त्रिक गठबन्धनको कूल मत २४२७२ रहेको छ जसमा नेपाली काँग्रेसको १६६६२ र नयाँ शक्तिको ७६१० रहेको छ । भने वाम गठबन्धनमा रहेको एमालेको ७५९२ र माओवादी केन्द्रको १७८४५ गरी कूल २५४३७ रहेको छ जसमा वाम गठबन्धन नै अगाडि रहेको छ ।

रामचन्द्र पौडेल, कांग्रेस नेता 

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल तनहुँ १ बाट निर्वाचनमा भाग लिने तयारीमा छन् । यहाँ पनि लोकतान्त्रीक गठबन्धन भन्दा वाम गठबन्धन नै अगाडी रहेको छ । उनलाई त्यहाँबाट चुनाव नलड्न उनकै पार्टीका नेता गोविन्दराज जोशीले चेतावनी दिइरहेका छन् । यसअघि पनि तनहुँमा कांग्रेसलाई अन्तर्घात भएको थियो । यसपटक पनि आन्तरिक विवाद हल नगरी कांग्रेसले पौडेललाई निकट दिएमा पुनः त्यस्तै अन्तर्घात दाहोरिन सक्ने चर्चा कांग्रेस वृत्तमै चलिरहेको छ । अर्कोतिर  स्थानीय तहको मतपरिणामलाई नै आधार मान्दा पनि तनहुँ १ मा लोकतान्त्रिक गठबन्धनको कूल मत २८८१२ रहेको छ जसमा नेपाली काँग्रेसको २८२५६ र राप्रपाको ५५६ रहेको छ । वाम गठबन्धनमा रहेको एमालेको २२११८ र माओवादी केन्द्रको ७१३० गरी कूल २९२४८ रहेको छ जसमा वाम गठबन्धन नै अगाडि रहेको छ ।

वामदेव गौतम, एमाले उपाध्यक्ष

नेकपा एमालेका नेता वामदेव गौतम बर्दिया १ बाट निर्वाचनमा सहभागी हुने भएका छन् । यहाँ पनि लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धन निकै नै अगाडि देखिन्छ । बर्दिया १ को विगतको निर्वाचनको मत परिणाम हेर्दा लोकतान्त्रिक गठबन्धनको कूल मत २६७६३ रहेको छ, जसमा नेपाली काँग्रेसको २३८५७ र राप्रपाको २९०६ रहेको छ । वाम गठबन्धनमा रहेको एमालेको ३१२९० र माओवादी केन्द्रको २४४५४ गरी कूल ५५७४४ रहेको छ जसमा वाम गठबन्धन निकै मतले अगाडि रहेको छ ।

पशुपतिशमशेर राणा, राप्रपा (प्रजातान्त्रिक) अध्यक्ष 

पशुपतिशमशेर राणा सिन्धुपाल्चोक १ बाट निर्वाचनमा भाग लिने भएका छन् । यहाँ पनि लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन नै अगाडि रहेको छ । सिन्धुपाल्चोक १ को विगतको निर्वाचनको मत परिणाम हेर्दा लोकतान्त्रिक गठबन्धनको कूल मत ३००१९ रहेको छ, जसमा नेपाली काँग्रेसको २१४८२ र राप्रपाको ८५३७ रहेको छ । भने वाम गठबन्धनमा रहेको एमालेको २६५७४ र माओवादी केन्द्रको १३८४० गरी कूल ४०४१४ रहेको छ जसमा वाम गठबन्धन नै अगाडि रहेको छ ।

डा. शशांक कोइराला, कांग्रेस महामन्त्री 

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला नवलपुर २ बाट निर्वाचनमा भाग लिने भएका छन् । यहाँ भने लोकतान्त्रिक गठबन्धन वाम गठबन्धन भन्दा अगाडि रहेको छ । नवलपुर २ को विगतको निर्वाचनको मत परिणाम हेर्दा लोकतान्त्रिक गठबन्धनको कूल मत ३५०३० रहेको छ, जसमा नेपाली काँग्रेसको ३३३२२ र राप्रपाको १७०८ रहेको छ । भने वाम गठबन्धनमा रहेको एमालेको २९६्र०१ र माओवादी केन्द्रको ५००८ गरी कूल ३४६०९ रहेको छ जसमा लोकतान्त्रिक गठबन्धन अगाडि रहेको छ ।

कलम थापा , राप्रपा अध्यक्ष 

यसपटकको निर्वाचनमा राप्रपा अध्यक्ष कमल थापा मकवानपुर १ बाट निर्वाचनमा भाग लिने भएका छन् । यहाँ पनि लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धन नै अगाडि छ । लोकतान्त्रिक  गठबन्धनको कूल मत ३२१५० रहेको छ, जसमा नेपाली काँग्रेसको २२५५५ र राप्रपाको ९५९५ रहेको छ । वाम गठबन्धनमा रहेको एमालेको २५९९६ र माओवादी केन्द्रको १३८८४ गरी कूल ३९८८० रहेको छ जसमा वाम गठबन्धन नै अगाडि देखिन्छ ।

प्रकाशमान सिंह, कांग्रेस महामन्त्री 

आगामी मंसिर १० मा हुने निर्वाचनको लागि प्रकाशमान सिंहले काठमाण्डौँ १ बाट निर्वाचन लड्ने भएका छन् । यहाँको विगतको निर्वाचनको मत परिणाम हेर्दा वाम गठबन्धन नै अगाडि देखिन्छ । वाम गठबन्धनमा रहेको नेकपा एमालेको पक्षमा ८७१४ मत रहेको छ भने माओवादी केन्द्रको पक्षमा १५४० गरी कूल १०९८८ रहेको छ। लोकतान्त्रिक गठबन्धनमा रहेको नेपाली काँग्रेसको ८८५१ र राप्रपाको १५४० गरी कूल १०३९१ मत रहेको छ ।

प्रतिक्रिया

Related Post

बाम होईन, आम गठबन्धनले बन्छ देश : कांग्रेस युवा नेता विश्वप्रकाश

Posted by - November 23, 2017 0
झापा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले चुनावका…

nobel.gif चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै वाम गठबन्धन

Posted by - November 14, 2017 0
नेपालगन्ज –  निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर राजनीतिक दलले नेपालगन्जका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु…

एमालेका शिर्ष नेताविरुद्ध अख्तियारले काट्यो पत्र, स्थायी कमिटीमा सुरु भयो खैलाबैला

Posted by - November 17, 2017 0
एमालेको ६ जना शिर्ष नेतासहित २९ जना पूर्वमन्त्री, सांसद, पूर्वपूशासक तथा अन्य उच्च पदस्थहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटे…

‘मधेस केन्द्रित शक्ति विजयी हुने दाबी’

Posted by - November 15, 2017 0
राजविराज, २८ कात्तिक  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टी र राष्ट्रिय…
%d bloggers like this: