आमाको हातबाट जाउलो खाएर सुतेका थिए प्रकाश

442 0

काठमाडौं : पुष्पकमल दाहालका छोरा प्रकाशको मृत्यु अस्पताल ल्याउनु अगावै भईसकेको उनी निटकले जनाएका छन् । थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा प्रकाशको चेत थिएन ।  राति आमा सीताले जाउलो खुवाएर कोठामा छाडी सुत्न गएकी थिइन् । बिहान उठेर बोलाउँदा नबोलेपछि प्रकाशलाई अस्पताल पुर्‍याइएको थियो ।

प्रकाश तीन दिनदेखि लाजिम्पाटमा आमासँगै बस्दै आएका थिए। शारीरिक रुपमा अस्वस्थ भएपछि बाबु पुष्पकमल दाहाललाई छाडेर उनी काठमाडौं फर्किएका थिए। अस्पतालमा पुगेका एक प्रहरी अधिकृतका अनुसार प्रकाशको नाकबाट हल्का रगत बगेको थियो।‘ अस्पतालले ब्रेन हेम्म्रेज हो वा हृदयघातबाट मृत्यु भएको हो नखुलाइसकेकाले मृत्युको कारण यही हो भन्ने अवस्था छैन, ती अधिकृतले भने ।

प्रकाश शनिबार राति आठ बजेसम्म पनि साथीहरुसँग सम्पर्कमा रहेको पारिवारिक स्रोतले जनाएको छ । एक आफन्तले भने,‘ हिजो राति पनि फोनमा कुरा भएको थियो, स्वास्थ्य ठीक छैन भन्दै गुनासो गरिरहेका थिए ।’

आर्थिक अवस्था बलियो भएपनि प्रकाशले स्वास्थ्यमा हेलचक्राई गरेको अस्पतालमा गाइँगुईँ सुनिन्थ्यो । ‘ सम्पत्ति अथाह थियो, एउटा चिकित्सकलाई रेगुलर स्वास्थ्य चेकअफका लागि राख्न सकिन्थ्यो, यो लापरबाही नै हुनुपर्छ, अस्पतालमा आएका माओवादीका कार्यकताहरुबीच गाइँगुर्इँ सुनिथ्यो।

प्रतिक्रिया

Related Post

‘ब्रेक फेल’ बस दुर्घटनाबाट बचाउनेको बयान ‘रोक्ने भन्दा कहाँ ठोक्ने सोच आयो’

Posted by - February 5, 2018 0
डेढ दशकदेखि सवारीसाधन चलाइरहेका छत्र कार्की (३७) का लागि गाडी र सडक नौला होइनन् । गएको शुक्रबार भने कार्कीका लागि…

गगन थापा माथि बम आक्रमण हुदाँ थापासहित ११ जना घाइते | त्रिवी शिक्षण अस्पताल लगियो

Posted by - December 4, 2017 0
  काठमाडौं: काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम अाक्रमण भएको छ। घटनामा उम्मेदवार गगन थापा सहित सात…

उद्योगी-व्यवसायीको गोप्य बैठकः नेताहरुको सम्पत्ति सार्वजनिक, प्रचण्ड दोस्रो धनी

Posted by - December 12, 2017 0
काठमाडाैं । उद्योगी-व्यवसायीहरुको गोप्य बैठक सम्पन्न भएको छ । चुनावको लागि भन्दै नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका नेताहरुले तोकेरै…

शैक्षिक भ्रमणमा हिँडेको स्कुल बस दुर्घटना, ४० घाइते ५ को अवस्था गम्भिर

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-नवलपरासीको सुक्रौलीमा स्कुल बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाईते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–१६ स्थित देवज्योती…
%d bloggers like this: