प्रकाश दाहाल गम्भीर बिरामी

29 0

मंसिर ३, २०७४-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश (साकार) दाहाल गम्भीर बिरामी परेपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । प्रकाश दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक रहे पनि अस्पतालले आधिकारिक केही बताएको छैन । अस्पताल स्रोतका अनुसार प्रकाशलाई बिहान करिब ४ बजे अस्पताल ल्याइएको हो ।

छोरा बिरामी परेपछि झापाको विर्तामोडमा बास बसेका दाहाल हेलिकोप्टरबाट फर्कंदै छन् । आइतबार मोरङको विराटचोकमा  हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छाडेर दाहाल काठमाडौं फर्कन लागेका हुन् ।

प्रकाश पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एक मात्र छोरा हुन् । उनी दाहालको सचिवालयमा काम गर्दै अाएका थिए । माओवादीले चलाएको सशस्त्र युद्धमा समेत सामेल साकारका दुई श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया

Related Post

देशभर ८८४ जना सांसद

Posted by - December 1, 2017 0
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै मुलुकले आठ सय ८४ जना सांसद पाउनेछ । प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचन १०…

आमाको हातबाट जाउलो खाएर सुतेका थिए प्रकाश

Posted by - November 19, 2017 0
काठमाडौं : पुष्पकमल दाहालका छोरा प्रकाशको मृत्यु अस्पताल ल्याउनु अगावै भईसकेको उनी निटकले जनाएका छन् । थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा प्रकाशको…

कतै खुसियाली, कतै विरोध

Posted by - January 18, 2018 0
धनकुटा — प्रदेश १ को अस्थायी मुकाम विराटनगर तोकेको खबरसँगै बुधबार साँझ स्थानीयवासीले सरकारविरोधी प्रदर्शन गरेका छन् । उनीहरूले जिरो प्वाइन्टमा…

गुप्तचर रिपोर्टको दाबी, एमालेको सय सिट, कांग्रेस सय सिट नजिक, राप्रपा मासिने

Posted by - December 4, 2017 0
पहिलो चरणको निर्वाचनअगावै राष्ट्रिय अनुसन्धान विभागले प्रक्षेपण गरेको एक निर्वाचनसम्बन्धी प्रतिवेदन बाहिरिएको छ । रिपोटर्स नेपालका अनुसार रिपोर्टमा एमाले सबैभन्दा…

मूल्यवृद्धि फिर्ताको मागसहित आयल निगमलाई विद्यार्थीको ज्ञापन पत्र

Posted by - January 4, 2018 0
काठमाडौं- पेट्रोलिय पदार्थको मूल्य वृद्धिको विरोध गर्दै एमाले सम्बद्ध अनेरास्ववियु र माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले नेपाल आयल निगममा धर्ना दिएाक…
%d bloggers like this: