अध्यक्ष ओलीको टिप्पणीः ०४६ सालमा आफूहरूले आन्दोलन गर्दैगर्दा देउवाले लण्डनमा पाउरोटी खाँदै थिए

110 0

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले ०४६ सालमा आफूहरूले आन्दोलन गर्दैगर्दा शेरबहादुर देउवाले लण्डनमा पाउरोटी खाँदै गरेको टिप्पणी गरेका छन् ।

एमालेलाई अधिनायकवाद भनेर कांग्रेसका नेताहरूले दिएको अभिव्यक्तिको कटु आलोना गरेका ओलीले भने, ‘शेरबहादु, मीनेन्द्र, महेशजीहरू बाढी आएका बेला माछा मार्न आएका हुन् ।’ उनले मुलुकमा बलिदानी आफूहरूले दिएको भन्दै कांग्रेसको रत्तिभर योगदान नरहेको बताए ।

लोकतान्त्रिक आन्दोलनमा आफूहरूले प्रहरीको लाठी खाएको बताएका ओलीले भने, ‘महेश आचार्यहरूलाई प्रहरीको लाठी के थाहा ?’ यसैबीच, मोरङ कांग्रेसका नेता तथा पूर्वगृहराज्य मन्त्री भीमराज राजवंशी नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

विराटनगरमा सोमबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लण्डनमा पाउरोटी खाँदै गरेको व्यक्तिले एमालेको लोकतन्त्रप्रति प्रश्न उठाउन नपाइने बताए ।

‘शेरबहादुर देउवा, मीनेन्द्र रिजाल, महेश आचार्यहरूले एमालेका अगाडि धेरै ठूला कुरा नगरे पनि हुन्छ’, उनले भने, ‘हामीले ०४६ सालमा आन्दोलन गर्दा शेरबहादुर देउवाजी लण्डनमा पाउरोटीमा जाम लगाएर खाँदै हुनुहुन्थ्यो । हामीलाई लोकतन्त्र सिकाउने ?’

प्रतिक्रिया

Related Post

चन्द्र भण्डारीको नजरमा : माओवादी जङ्गली हात्ती, एमाले साँढे

Posted by - November 20, 2017 0
गुल्मी । नेपाली काँग्रेस गुल्मी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नेपाल शिक्षक संघको चुनावी सभा जोहाङ्ग खैरेनीमा सम्पन्न…

चितवनका जनताले ऐतिहासिक निर्णय गर्नेछन् : दाहाल

Posted by - October 30, 2017 0
चितवन- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम तालमेल देश र जनताको आवश्यकताले बनेको बताएका छन्। चितवनमा आयोजित पत्रकार सम्मेलनमा…

कांग्रेस र माओवादी कार्यकर्ताबीच हानाहान

Posted by - November 10, 2017 0
सोलुखुम्बु । चुनावी अभियानका क्रममा सोलुखुम्बुको सोताङमा नेपाली कांग्रेस र माओवादीका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमाआधा दर्जन घाइते भएका…

ओली नेतृत्व मन्त्रीमण्डलका यी हुन्, संभावित मन्त्रीहरु

Posted by - December 15, 2017 0
काठमाण्डौं । प्रतिनिधि सभामा वाम गठबन्धनले बलियो वहुमत पाएसँगै भावी प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्ने लगभग निश्चित…

nobel.gif चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै वाम गठबन्धन

Posted by - November 14, 2017 0
नेपालगन्ज –  निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर राजनीतिक दलले नेपालगन्जका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु…
%d bloggers like this: