कम्युनिष्ट धारका भएकाले प्रकाश दाहालको काजक्रिया नहुने

1236 0

मंसिर ४-आइतबार निधन भएका प्रकाश दाहालको श्रद्धान्जलीस्वरुप एमाले–माओवादी केन्द्रले भोली (मंगलबार) चितवनमा श्रद्धाञ्जली सभा गर्ने भएका छन्। मंगलबारका लागि तय गरिएको चुनावी सभालाई दुवै पार्टीले श्रद्धाञ्जली सभामा परिणत गर्न लागेका हुन्।

यसअघि नै भरतपुरको केन्द्रीय बसपार्कमा एमाले–माओवादी केन्द्रले चुनावी सभा गर्ने तय भइसकेको थियो। सभामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम थियो। तर अब त्यो सभालाई चुनावी सभाका अलावा श्रद्धाञ्जली सभामा परिणत गरिने भएको छ। सभामा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन्।

सभामा दाहाल परिवारका अन्य सदस्यपनि उपस्थित हुनेछन्। तर प्रकाशको काजक्रिया भने नहुने भएको छ। ‘कम्युनिष्ट राजनीतिमा भएकाले दाहाल परिवारमा काजकिरिया गर्ने प्रचलन छैन’ स्व प्रकाशका मामा हिमराज पौडेलले भने, ‘सबै परिवार चुनावमा लागेकाले पनि काजक्रिया नहुने भयो।’

प्रतिक्रिया

Related Post

२० वर्ष पुराना सवारी साधन हटाउने सरकारी निर्णय व्यवसायीले नमान्ने, दिए आन्दोलनको चेतावनी

Posted by - March 15, 2018 0
२० वर्ष भन्दा पुराना सार्वजनिक सवारी साधन बिहीवारबाट हटाउने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने सरकारी अधिकारीहरूले बताएका छन्। तर यातायात…

‘राष्ट्रिय सभा निर्वाचन र सत्ता हस्तान्तरण ढिलो नगर’

Posted by - January 4, 2018 0
काठमाडौं : वाम गठबन्धनले अबिलम्ब सत्ता हस्तान्तरण गर्न र राष्ट्रिय सभाको निर्वाचन माघ १० गतेभित्र गर्न प्रधानमन्त्रीलाई दवाब दिएको छ। बिहीबार…

चुनाव हारेपनि मन्त्री बन्न पाइने प्रावधान, नारायणकाजी र बामदेवलाई के फाइदा ?

Posted by - December 13, 2017 0
मंसिर २७, काठ्माडौं । प्रतिनिधिसभाको चुनावमा पराजित भएका एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई संघीय संसदमा प्रवेश गर्ने…

हेर्नुस्, प्रदेशका राजधानी कहाँ कहाँ कायम हुँदैछन् ?

Posted by - November 15, 2017 0
संघीय संरचनाअनुसार प्रदेशसभाको निर्वाचन नजिकिएसँगै आफ्नो क्षेत्रका प्रदेश राजधानी कहाँ तोकिएला भन्ने चासो मतदातामा बढेको छ । राजनीतिक दलका स्थानीय…
%d bloggers like this: