चुनावका बेला ४ दिन स्कुल बन्द हुने

128 0

मंसिर ४, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अवधिमा ४ दिन स्कुल बन्द गर्न निर्वाचन आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । सिफारिस अनुसार मंसिर १० र २१ गते हुने पहिलो र दोस्रो चरणका निर्वाचनमा सम्बद्ध क्षेत्रका विद्यार्थीलाई ४ दिन बिदा दिइनेछ । पहिलो चरणको चुनाव हुने क्षेत्रमा मंसिर ७ र दोस्रो चरणका क्षेत्रमा १८ गतेबाट बिदा हुनेछ । विद्यालयमै मतदान केन्द्र रहने र शिक्षकलाई तयारीमा खटाइने भएकाले पठनपाठन प्रभावित हुने भएको हो । निर्वाचन प्रयोजनका निम्ति अन्य भौतिक पूर्वाधार नभएकाले विद्यालय र शिक्षकलाई प्रयोग गर्नु परेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।

प्रतिक्रिया

Related Post

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : भौतिक पूर्वाधार बनाउन सुरु

Posted by - November 15, 2017 0
पोखरा- सरकारको राष्ट्रिय गौरवको आयोजनाको रूपमा प्राथमिकतामा परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण बल्ल सुरु भएको छ । विमानस्थल…

रेल मार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरामा

Posted by - November 9, 2017 0
कार्तिक २३, २०७४-नेपालमा रेल मार्गको सम्भावनाबारे अध्ययन गर्न आएको चिनियाँ उच्च प्राविधिकसहितको टोली बुधबार पोखरा आएर अध्ययन गरेको छ ।…

प्रदेशमा तत्काल पाँच हजार कर्मचारी, यस्ता छन् प्रदेशमा रहने ७ मन्त्रालय

Posted by - November 23, 2017 0
मंसिर ७, २०७४ काठमाडौं : प्रदेशसभा निर्वाचन सम्पन्न भएर मुख्यमन्त्री, मन्त्री तथा सांसद चुनिएर आउने दिन नजिकिँदै गर्दा सरकारले प्रदेश कार्यपालिकाको…
%d bloggers like this: