चुनाव बिथोल्न खोज्‍नेलाई जेल हाल्न प्रधानमन्त्रीको निर्देशन

111 0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूहलाई प्रकाउ गरी जेल हाल्न निर्देशन दिएका छन्। गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीको सोमबार उद्‍घाटन गर्दै प्रधानमन्त्री देउवाले मतदान गर्न पाउने नागरिक अधिकारको रक्षाका लागि जुनसुकै कदम चाल्न सुरक्षा निकायलाई विशेष निर्देशन दिएका हुन्।

पछिल्ला दिनमा मुलुकका विभिन्न क्षेत्रमा उम्मेदवारलाई केन्द्रित गरेर विष्फोटका घटना बढेको सन्दर्भमा प्रधानमन्त्रीले सुरक्षा निकायलाई तदारुकताका साथ काम गर्न निर्देशन दिएका हुन्। ‘जनतालाई निर्भिकतापूर्वक निर्वाचनमा भाग लिने वातावरण सिर्जना गर्नु अहिलेको प्रमुख कर्तव्य हो’, प्रधानमन्त्रीले भने, ‘निर्वाचन बिथोल्न खोज्ने विप्लवसहित जुनसुकै समूहलाई एक एक गरी पक्राउ गरेर जेल हाल्नुपर्ने आवश्यकता बढेको छ।’

सुरक्षा गोष्ठीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित नेपाली सेनाका उच्च अधिकारीहरू सहभागी छन्। प्रदेश नम्बर ३ का १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि गोष्ठीमा सहभागी छन्।

प्रधानमन्त्री देउवाले विप्लव समूहबाट विभिन्न निर्वाचन क्षेत्रमा बुथ कब्जा गर्ने प्रयास हुने सूचना आएको भन्दै निर्वाचनलाई असर पुर्‍याउने जस्तासुकै प्रयासलाई निस्तेज पार्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले प्रदेश नम्बर ३ का १३ जिल्लाको सुरक्षा अवस्थाबारे रिपोर्टिङ गर्दै नेकपा विप्लव समूहले चितवन जिल्लालाई हेडक्वार्टरको रुपमा प्रयोग गरेको बताए। १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीले सम्बन्धित जिल्लाका सुरक्षा चुनौतीबारे पनि प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेका छन्।

गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचन बिथोल्न खोज्ने विप्लव लगायत सबै समूहलाई प्रधानमन्त्रीको निर्देशनअनुसार कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

Related Post

डा. केसीको रिहाई र प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन

Posted by - January 10, 2018 0
काठमाडौँ — अदालतको अवहेलनामा मुद्दा खेपी रहेका नागरिक अभियन्ता डा. गोविन्द केसीको रिहाई र प्रधानन्यायाधी गोपाल पराजुलीको राजीनामा माग गर्दै…

राजपा नेता आमरण अनसनमा

Posted by - October 30, 2017 0
कार्तिक १३, २०७४-प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार चयनमा पार्टीले निष्ठावान कार्यकर्ताको अवमूल्यन गरेको भन्दै राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल सप्तरीका…

निर्वाचन सुरक्षामा चुनौती, सिंचाई मन्त्री लक्षित गरी बम विष्फोट

Posted by - November 16, 2017 0
सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मदवार अमरसिंह पुनलाई निशाना बनाई रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा लक्षित गरी बम विष्फोट भएको छ…
%d bloggers like this: