डीभी चिट्ठाले रुवायो, जेलको हावा खुवायो !

181 0

अमेरिकी डाइभरसिटी भिसा अर्थात डीभी पर्दा नरमाउने नेपाली कमै होलान् । एउटा समृद्ध देशमा जान पाइने, पैसा कमाउन पाइने, गुणस्तरीय जीवन जिउन पाइने । त्यसैले पनि डीभी परिदिए हुन्थ्यो भनेर प्रार्थना गर्नेहरु पनि छन् । तर त्यही डीभीले जेलको हावा खानेसम्म बनाउन सक्नेमा भने कतिपयले सोचेका हुँदैनन् ।

एउटा त्यस्तै घट्नाको पर्दाफास भएको छ, जब मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जनालाई पक्राउ गर्यो ।

गएको वर्ष ईडीभी चिट्ठा परेपछि अन्तरवार्ता दिन नेपालस्थित अमेरिकी राजदूतावासमा पुगेका एक व्यक्ति नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आधारमा शङ्का लागि पक्राउ परेपछि थप अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानमा आठ जनाको समूह पक्राउ परेको हो ।

पक्राउ पर्नेमा सिन्धुलीका रुद्र मोक्तान, ताप्लेजुङका भवानीप्रसाद भट्टराई, कालीकोटका विशालजङ्ग शाही, सुरेशबहादुर शाही, धरानका अभय पोखरेल, स्याड लाइफ कन्सल्टेन्सीका अनिल सराफ, काभ्रेका देवराज तामाङ र सन्तोषकुमार तिवारी छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार किसानी काम गर्दै आएका मोक्तान र भट्टराई डीभी परेपछि अन्तरवार्ता दिन एसएलसी, कक्षा १२ र बीएड पास गरेको शैक्षिक प्रमाणपत्र बोकेर राजदूतावास पुगेका थिए ।

उनीहरूको शैक्षिक योग्तामाथि शङ्का लागेपछि राजदूतावासले नै नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्यो । प्रहरीले अनुसन्धान गर्दा ती प्रमाणपत्र नक्कली भएको पुष्टि भयो । र कसले बनाएको भन्नेमा प्रहरीले अनुसन्धान थाल्यो । पछि त्यस्तो प्रमाणपत्र बनाउने कन्सल्टेन्सी सञ्चालकसहित आठजनालाई पक्राउ गरियो ।

अन्य अभियुक्तले समेत नक्कली शैक्षिक प्रमाणपत्र तथा तालिमसम्बन्धी विभिन्न कागजपत्र पेस गरी ‘सेमिनार’मा सहभागी हुने नाममा अमेरिका जाने तयारी गरिरहेको बेला पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Related Post

नयाँ सवारीचालक अनुमतिपत्र वितरण कार्य बन्द

Posted by - November 23, 2017 0
काठमाडौंँ, मङ्सिर ७ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य बन्द गरिएको छ ।…

वाम गठबन्धनको घोषणापत्रः पाँच वर्षमा दुई हजार किमी रेलमार्ग

Posted by - November 5, 2017 0
  पार्टी एकताको लक्ष्यसहित चुनावी तालमेलमा रहेका नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) ले आगामी पाँच वर्षभित्र दुई हजार ३५० किमी…

शैक्षिक भ्रमणमा हिँडेको स्कुल बस दुर्घटना, ४० घाइते ५ को अवस्था गम्भिर

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-नवलपरासीको सुक्रौलीमा स्कुल बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाईते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–१६ स्थित देवज्योती…
%d bloggers like this: