कम्युनिस्टहरूले ५० वर्ष शासन चलाउँछौ भनेपछि कांग्रेसलाई तनाव

137 0

काठमाडौँ । नेपाली कांग्रेसले वाम गठबन्धनले बहुमत ल्याएर मुलुकमा ५० वर्षसम्म निर्वाचन हुनै नदिने आरोप लगाएको छ ।

नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन हुनै नदिने गरी शासन चलाउन खोजेको आरोप लगाए ।

‘कम्युनिष्टको सरकार बने ५० वर्षसम्म शासन गर्ने अभिव्यक्ति दुई दलका नेताले दिइरहेका छन्’, उनले भने, ‘उनीहरुले दिएको यो तर्कलाई लिएर नेपाली कांग्रेस गम्भीर भएको छ ।’

उनले पाँच वर्षका लागि हुने आवधिक निर्वाचनका बेला ५० वर्षसम्म शासनको कुरा गर्नुलाई आफ्नो पार्टीले गम्भीर रुपमा लिएको प्रतिक्रिया पनि दिएका छन् । ओली र दाहालले वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याएर मुलुकमा ५० वर्षसम्म शासन चलाउने अभिव्यक्ति दिँदै आएका छन ।

‘कम्युनिष्टको सरकार बने ५० वर्षसम्म शासन गर्ने अभिव्यक्ति दुई दलका नेताले दिइरहेका छन्’, उनले भने, ‘उनीहरुले दिएको यो तर्कलाई लिएर नेपाली कांग्रेस गम्भीर भएको छ ।’

बुधबार पार्टीनिकट बुद्धिजीविहरुमाझ कांग्रेस नेता खाँडले ५० वर्षसम्म शासन चलाउने अभिव्यक्ति दिएर कम्युनिस्टहरुले मुलुकमा निर्वाचन नै हुन नदिने षडयन्त्र गरिरहेको पुष्टि भएको पनि दावी गरे । उनले मुलुकको सबैभन्दा बढी राष्ट्रवादी शक्ति पनि आफ्नै पार्टी भएको दोहोर्याएका छन् ।

कांग्रेस नेता खाँडले कानुन विपरित भएकाले सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनिया कम्पनीसँग गरिएको ठेक्का सम्झौता रद्द गर्नुपरेको पनि स्पष्ट पारेका छन्

प्रतिक्रिया

Related Post

बाबुराम र नारायणकाजीलाई वैद्यका उम्मेदवारको चुनौती

Posted by - November 9, 2017 0
गोरखा, २३ कात्तिक – गोरखा–२ भन्नेबित्तिकै डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीचको चुनावी प्रतिस्पर्धा दिमागमा आइहाल्छ । तर गोरखा–२ मा…

सामाजिक सञ्जालकाे शक्तिले बनेका सांसद

Posted by - January 29, 2018 0
सातैपिच्छे जस्तो ‘नेपाल बन्द’ हुन थालेपछि सहरी युवाको एउटा समूह विरोध गर्दै माइतीघर मण्डला पुग्थ्यो । माइकिङ गर्दै माइतीघर पुग्ने…

हेर्नुहोस कांग्रेसबाट को को छानिँदैछन् समानुपातिक संसद ? (४० जनाकै नामसहित)

Posted by - December 20, 2017 0
काठमाडौं, ५ पुस । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा ४० सिट पाउने भएको छ । जम्मा ६३…

काँग्रेसद्वारा आतंककारीलाई संरक्षणः दाहाल

Posted by - November 13, 2017 0
चितवन—चितवन क्षेत्र नं. ३ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व…

काँग्रेस संसदीय दलको मतदान सम्पन्न

Posted by - March 5, 2018 0
काठमाडाैँ – नेपाली काँग्रेसको संसदीय दलको नेता छान्न भइरहेको मतदान सम्पन्न भएकाे छ । संसदीय दलकाे नेता छान्न ६३ जना सांसदले मतदान…
%d bloggers like this: