नयाँ सवारीचालक अनुमतिपत्र वितरण कार्य बन्द

129 0

काठमाडौंँ, मङ्सिर ७ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य बन्द गरिएको छ ।

नजिकिँदै गएको आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका कारण नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नयाँ सवारीचालक अनुममितपत्र वितरण कार्य रोकिएको जानकारी सवारीचालक अनुमतिपत्र वितरण कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवले  जानकारी दिनुभयो ।

ट्रायल लिएर वितरण गर्नुपर्ने सवारीचालक अनुमतिपत्र बन्द गरिएको हो । सवारी चालक अनुमतिपत्र वितरण कार्य बन्द गरिए पनि लाइसेन्स नवीकरण, ट्रायल पासको राजस्व तिर्ने तथा लाइसेन्स वितरण कार्यहरू नियमित रूपमा सुचारु नै रहने जानकारी उहाँले दिनुभयो ।
आसन्न निर्वाचनपछि मुलुक नयाँ सङ्घीय संरचनामा जाने भएकाले सवारी अनुमतिपत्र वितरण तथा वर्गीकरणमा केही समयका लागि अन्यौल हुन सक्ने उहाँले स्पष्ट पार्नुभयो । सवारी अनुमतिपत्र वितरणसम्बन्धी सम्पूर्ण कार्य स्थानीय तहबाट नै गरिने भनी संविधानमा उल्लेख गरिएको छ । आजको गोरखापत्रमा यो खबर छापिएको छ ।

सवारीचालक अनुमतिपत्र वितरण कार्य प्रहरी र प्रशासनको संयुक्त कार्यले हुने भएको बताउँदै उहाँले प्रहरी र प्रशासन अहिले निर्वाचनमा खट्नुपर्ने भएको हुनाले सवारी चालक वितरण कार्य अनिश्चितकालका लागि रोकिएको जानकारी दिनुभयो ।
नयाँ सवारीचालक अनुमतिपत्र वितरण कार्य लागि नयाँ सूचना जारी गरिने उहाँले बताउनुभयो । “अहिले ट्रफिक प्रहरीहरू निर्वाचनमा खट्नुभएका छन्, उहाँहरूको उपस्थितिविना ट्रायलको काम हुन सक्दैन, अर्को सूचना नआएसम्म अनिश्चितकालका लागि सवारीचालक अनुमतिपत्र वितरण कार्य बन्द गरिएको छ”– कार्यालय प्रमुख यादवले भन्नुभयो ।

प्रतिक्रिया

Related Post

अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीनको मृत्यु

Posted by - November 15, 2017 0
२८ कात्तिक, काठमाडौं । मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का…

चुनाव हारेपनि मन्त्री बन्न पाइने प्रावधान, नारायणकाजी र बामदेवलाई के फाइदा ?

Posted by - December 13, 2017 0
मंसिर २७, काठ्माडौं । प्रतिनिधिसभाको चुनावमा पराजित भएका एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई संघीय संसदमा प्रवेश गर्ने…

पुरानै परिचयपत्रका आधारमा मतदान गर्न पाइने

Posted by - November 17, 2017 0
काठमाडौँ, मङसिर १  गते ।  निर्वाचन आयोगले मङ्सिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि…

काठमाडौं-८ : ‘किल्ला’ जोगाउने र भत्काउनेको लडाइँ

Posted by - November 10, 2017 0
काठमाडौं : बहुदलकालका तीन चुनावमा तीनैपल्ट लालकिल्ला तर पछिल्ला दुई संविधानसभा चुनावमा लगालग कांग्रेसको वर्चश्व । काठमाडौं-८ को चुनावी माहोल तताउन…

सावधान । काठमाण्डाैमै शुरु हुन थाल्याे प्लाष्टिक चामल विक्रि, जुन चामल खाँदा ज्यानै जानसक्छ

Posted by - November 22, 2017 0
२८ असार काठमाडौं । राजधानीमै प्लास्टिकको चामल विक्री ! बेलाबेला इन्टरनेटमा चर्चा भएपनि काठमाडौंमै पहिलो पटक प्लास्टिकको चामल विक्री गरेको…
%d bloggers like this: