बाम होईन, आम गठबन्धनले बन्छ देश : कांग्रेस युवा नेता विश्वप्रकाश

150 0

झापा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले चुनावका बेलामा यो या त्यो गठबन्धनले होइन आम गठबन्धनले मात्र हाम्रो देश समृद्ध बन्ने बताउनुभएको छ ।

मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको प्रचार प्रसार अभियान अन्तरगत क्षेत्र नम्बर १का विभिन्न कोणसभालाई सम्बोधन गर्दै शर्माले प्रकृतिको अनुपम उपहार पाएको हाम्रो देश राजनीतिक अस्थिरताका कारण समृद्ध हुन नसकेको बताउनुभयो ।

‘हामीले निरन्तर यो देशमा लडाइ गर्यौ’ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार शर्माले भन्नुभया,‘कहिले प्रजातन्त्रका लागि लडियो, कहिले पञ्चायतका विरुद्धमा लडियो, कहिले राजतन्त्र अन्त्यका लागि लडियो त कहिले माओवादी दन्द्धकालले देश १० वर्ष युद्धमा पर्यो । अब कहिलेसम्म लड्ने हो ? अब फेरी यो गठबन्धन र त्यो गठबन्धनको नाममा अर्काे लडाइ लड्ने ? सबै जाति र सबै पार्टीलाई हार्दिकताका साथ एक भएर देश निर्माणमा जुट्नुको विकल्प छैन । त्यसका लागि आम नेपालीको गठबन्धन बनाउने बेला आएको छ ।’

‘काङ्ग्रेसको स्टेजमा चढेर एमालेलाई गाली गर्ने, माओवादीको स्टेजमा चढेर काङ्ग्रेसलाई गाली गर्ने, एक दलले अर्काे दललाई गाली गर्ने अनि एक अर्कामा गाली गरेर नै यो देशले कहिले मुहार फेर्ने ?’ शर्माले भन्नुभयो,‘अब गाली गर्न बन्द गर्नु पर्छ । त्यसका लागि राजनीतिक संस्कारको विकास गर्दै सबैले आआफ्नो पार्टीका कमजोरीहरुलाई सुधार गर्दै जानुपर्छ ।’

सम्बोधनका क्रममा विपक्षीलाई समेत सम्मान गरेर सम्बोधन गर्ने शर्माले हामी जुन दलमा भए पनि सबैभन्दा पहिले नेपाली हो । यसकारण नेपालको विकासका लागि सबै एक जुट हुनुपर्ने बताउनुभयो । उहाँले सबै दल र सबै नेपाली एक भएर काम गर्दा देशको मुहार परिवर्तन हुन समय नलाग्ने बताउनुभयो ।

नेता शर्माले पुत्र शोकमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हरेक सभामा समवेदना दिइरहनुभएको छ ।

प्रचार अभियानका क्रममा प्रदेश (क) का उम्मेदवार केशवराज पाण्डेले देशले संविधान पाइसकेकोले अब देशलाई समृद्ध बनाउनतर्फ अघि बढ्ने समय आएको बताउनुभयो ।

प्रदेश (ख) का उम्मेदवार अशोककुमार पोखरेलले आफु न्यायिक क्षेत्रमा लामो समय काम गरेर आएकोले जनताका हितमा सधै काम गर्न तत्पर रहेकाले अबको निर्वाचनमा आफुलाई जिताएर काम गर्ने अवसर दिन मतदाता समक्ष आग्रह गर्नुभयो ।
प्रचार अभियानमा अर्का समानुपातिक उम्मेदवार तमर राई, मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, महासमिति सदस्य तारावीर कटुवाल, महाधिवेशन प्रतिनिधि टेकबहादुर लिम्बूलगायतले सम्बोधन गर्नुभएको थियो ।

चुनावी प्रचारका क्रममा बुद्धशान्ति गाप ४ स्थित बाँझो खेत, बुद्धशान्ती ६ स्थित मोदी डाँडा, मेचीनगर ११ स्थित धुलावारी बजार, मेचीनगर १० स्थित पशु हटिया बजार, मेचीनगर ८ स्थित टोकला चिया बंगान र मेचीनगर ६ स्थित रमाईलो १ नम्बर बस्तीमा घरदैलो तथा कोणसभाको आयोजना गरिएको थियो ।

कोणसभामा मेचीनगर १० स्थित पशु हटिया बजारमा खेम दनुवारसहित ६ जनाले पार्टी प्रवेश गरेका थिए ।

कार्यक्रममा उम्मेद्वारहरुका अतिरिक्त मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, नेपाली काँग्रेसका कार्यबाहक सभापति राम कट्टेल, समानुपातिक उम्मेद्वारद्धय तम्मर राई, गोपाल तामाङ्ग , मेचीनगर वडा नम्वर १० वडा अध्यक्ष सुदेश पनेरु ,मजदूर नेता दिपक तामाङ्ग, चन्द्र बहादर खत्री लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

Related Post

कांग्रेस र मधेसी गठबन्धनको कुरा मिल्यो, यस्तो छ सिट बाँडफाँट

Posted by - January 24, 2018 0
९ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस र मधेस केन्द्रित दुई दलबीच तालेमल गर्ने सहमति भएको छ । वाम…

यी हुन् कांग्रेसको समानुपातिबाट सांसद बन्ने ‘भाग्यमानी’ ४० अनुहार

Posted by - January 18, 2018 0
मंसिर १० र २१ गते गरी दुई चरणमा भएको निर्वाचनमा प्रत्यक्ष तर्फ २३ सिट मात्र जितेको नेपाली काग्रेसले समानुपातिकमा भने…

सामाजिक सञ्जालकाे शक्तिले बनेका सांसद

Posted by - January 29, 2018 0
सातैपिच्छे जस्तो ‘नेपाल बन्द’ हुन थालेपछि सहरी युवाको एउटा समूह विरोध गर्दै माइतीघर मण्डला पुग्थ्यो । माइकिङ गर्दै माइतीघर पुग्ने…

एमाले नेता शेरधन राईको गाडीमा बम प्रहार, सुरक्षागार्ड घाइते

Posted by - November 14, 2017 0
चुनावी सभामा जाँदै गर्दा ट्याम्के मैयुङ गाउँपालिका– ६ स्थित गुम्बामा बिहान १० बजे अपरिचित समूहले बम हानेको राईका सञ्चार संयोजक…

हत्या-हिंसाको राजनीति सुरु भएको दिनललाई सम्मान गर्न सकिँदैनः ओली

Posted by - February 14, 2018 0
काठमाडौं । जनयुद्ध दिवसको अबसरमा पेरिसडाँडामा अायोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली अाएनन् । माओवादी केन्द्रका युवा संगठन वाइसीएल नेपालले…
%d bloggers like this: