सोलुखुम्बुमा शान्तिपूर्ण मतदान, तिङ्लाका मतदाता भोट हाल्न गएनन्

176 0

१० मंसिर, सोलुखुम्बु । सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । तिङ्लाका मतदाताले भने मतदान बहिस्कार गरेका छन् ।

जिल्लाका १२५ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिए ।

जिल्लाको सदरमुकामलगायत माथिल्लो क्षेत्रमा भने चिसोका कारण बिहानीपख मतदाताको उपस्थिति न्यून देखिएको छ । चिसो धेरै भएका कारण मतदाताको उपस्थिति कम रहे पनि क्रमशः बाक्लिँदै गएको र दिउँसो चाप बढ्ने खुम्बुपासाङल्हमु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिए ।

तल्लो क्षेत्रमा भने बिहानैबाट मतदाताहरुको लाइन लागेको छ ।

यसअघि स्थानीय निकाय पुनः संरचनामा चित्त नबुझेर आन्दोलनस्वरुप स्थानीय तह निर्वाचनमा मतदान नगरेका सोलुखुम्बुको साबिक तिङ्लावासीले यसपटकको निर्वाचनमा पनि यतिबेलासम्म कोही पनि मतदानका लागि गएका छैनन् ।

तिङ्लामा रहेका पाँचवटै मतदान केन्द्रमा बिहान ९ बजेसम्म मतदानका लागि कोही पनि नपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्मचारी मतपेटिका राखेर पूरा तयारीका साथ बसेका भए पनि अहिलेसम्म कोही पनि मतदाता मतदानका लागि केन्द्रमा नपुगेका हुन् ।

यसबेलासम्म सुरक्षित रुपमा मतदान कार्य भइरहेको र सुरक्षा अवस्था मजबुत रहेको प्रहरी नायब उपरीक्षक रेशम पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया

Related Post

यी हुन् कांग्रेसको समानुपातिबाट सांसद बन्ने ‘भाग्यमानी’ ४० अनुहार

Posted by - January 18, 2018 0
मंसिर १० र २१ गते गरी दुई चरणमा भएको निर्वाचनमा प्रत्यक्ष तर्फ २३ सिट मात्र जितेको नेपाली काग्रेसले समानुपातिकमा भने…

राष्ट्रपति भण्डारी ताप्लेजुङ जाने

Posted by - October 27, 2017 0
नागरिक अभिभन्दन कार्यक्रममा सहभागीहुन आउने उनले विहान पाथीभरा दर्शन गर्ने कार्यक्रम रहेको छ ।  त्यसपछि सदरमुकाम फुङलिङमा कञ्चनजंघा संरक्षण क्षेत्रका…

राष्ट्रिय सभा निर्वाचनको लागि नेपाली कांग्रेसले गर्यो विपक्षीको गोडा काम्ने गरि यस्तो निर्णय !

Posted by - January 16, 2018 0
काठमाडौँ, १ माघ : प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीको आन्तरिक गृहकार्य शुरु गरेको छ…

कहाँ पुगेर अड्कियो एमाले-माओवादी एकता ?

Posted by - January 28, 2018 0
ओली–दाहालबीच अझै जुटेन सहमति काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको ‘वान…

‘मधेस केन्द्रित शक्ति विजयी हुने दाबी’

Posted by - November 15, 2017 0
राजविराज, २८ कात्तिक  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टी र राष्ट्रिय…
%d bloggers like this: